२०८३, २० आश्विन बुधबार

जुगल गाउँपालिकाले भन्योः ‘जमघटसहित विवाह नगर्नु’

जुगल गाउँपालिकाले भन्योः ‘जमघटसहित विवाह नगर्नु’


धुलिखेल, १ बैशाखः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले जमघट सहित विवाह गरे कारबाही गर्ने चेतावनी दिएको छ । बैशाख महिना शुरुसँगै विवाहको लगन समेत सुरु भएको र जमघट सहित विवाहको सुचना प्राप्त गरेको भन्दै पालिकाले त्यसो नगर्न उर्दी जारी गरेको हो ।

पालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर वि.कले जारी गरेको सुचनामा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले भिडभाड हुने गरी विवाह नगर्न उर्दी जारी गरेका हुन् । विवाह नगरी नहुने अवस्थामा वडा कार्यालयसँग समन्वय गरी स्थानीय पञ्जिकाधिकारीको रोहवरमा नियमानुसार वर बधुलाई विवाह सम्पन्नको प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत वि.कले बताए ।

पालिकाले मानिसहरुको धेरै भिडभाड हुने गरी ब्रतबन्ध, छेवार, मेला, पर्व जस्ता सामाजिक तथा धार्मिक कार्य नगर्न समेत उर्दी जारी गरेको छ । यदि पालिकाको आग्रह विपरित कसैले यस्तो कार्य गरे कानुन बमोजिम कार्बाहि गरिने प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ८ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको