२०८३, १९ श्रावण बुधबार

तपाई धुलिखेल–४ मा बस्नुहुन्छ ? ‘कुनै समस्या परे फोन गर्नुस् वडाध्यक्ष कर्माचार्यलाई’

तपाई धुलिखेल–४ मा बस्नुहुन्छ ? ‘कुनै समस्या परे फोन गर्नुस् वडाध्यक्ष कर्माचार्यलाई’


धुलिखेल, २९ चैतः २०७२ को भुकम्पका बेला पनि कोठा भाडामा बस्नेलाई राहत वितरणमा विभेद गरेको गुनासो थुप्रै सुनियो । अहिले पनि धेरै ठाउँमा यस्तै गुनासो आइरहेका छन् । तर धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले भने कोठा भाडामा बस्नेलाई पहिलो प्राथमिक दिएका छन् । २८ किलो, बाँसघारी, छापगाउँ लगायत टोलका घरमा अन्यत्रबाट आएकालाई पनि उनले कुनै विभेद गरेनन् ।

वडा कार्यालयका नागरिकलाई राहत दिन अहिलेसम्म नगरपालिकाले एक गेडा चामल समेत उपलब्ध नगराएको वडाध्यक्ष कर्माचार्यले जानकारी दिए । न त कुनै संघसंस्था नै पुगेका छन् । तर वडाध्यक्ष कर्माचार्यले वडाभित्रका तत्काल समस्या नपर्ने ब्यक्तिहरुलाई आह्वान गरे । केहि ब्यक्तिले दिएको सहयोगबाट नै हालसम्म ३ सय जना विपन्न, अतिविपन्न, कोठा भाडामा बस्ने, दैनिक ज्याला मजदुरी गर्ने र अशाय, अपाङ्ता भएका ब्यक्तिलाई राहत वितरण गरिएको छ । ‘अहिलेसम्म नगरपालिकाबाट कुनै पनि राहतका सामग्री मेरो वडामा आइपुगेका छैन्, वडाध्यक्ष कर्माचार्यले भने ‘वडाभित्रैका दाजुभाई दिदीबहिनीहरुले गर्नुभएको सहयोगबाट समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराएका हौँ ।’

वडा आफैले मापदण्ड बनायो । दैनिक भान्सामा आवश्यक पर्ने चामल १० किलो, दाल १ किलो, नुन एक प्याकेट, चिनी १ किलो, तेल एक लिटर र एउटा हातधुने साबुन दिने । वडाध्यक्ष कर्माचार्यले वडासदस्य, टोल सुधार समिति र विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई समस्यामा परेका ब्यक्तिको विवरण संकलन गर्न लगाए । सोहि विवरणका आधारमा थप १ सय ५० जनाका लागि राहत कुपन बाँडिसकेका छन् । सोमबार यी १ सय ५० जनालाई राहत उपब्ध गराइने वडाध्यक्ष कर्माचार्यले बताए ।

वडाध्य कर्माचार्य मजदुर, कोठा भाडामा बस्ने, बृद्धबृद्धालाई लकडाउनका कारण कुनै समस्या परे आफ्नो फोन नम्बर ९८४३३४३१०६ मा फोन गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ६ : ५१ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ