२०८२, २६ भाद्र बिहीबार

नेविसंघ काभ्रेको पैदलयात्रुलाई निःशुल्क खाना र अण्डा

नेविसंघ काभ्रेको पैदलयात्रुलाई निःशुल्क खाना र अण्डा


धुलिखेल, २९ चैतः लकडाउन लम्बिएसँगै राजधानीबाट आफ्नो घर तर्फ हिडेका यात्रुलाई नेपाल विद्यार्थी संघ काभ्रेले निःशुल्क खाना खुवाई रहेको छ । काँग्रेस निकट विद्यालर्थीहरुले अरनिको राजमार्ग अन्तर्गत पाँचखालसम्म र बीपी राजमार्गको काभ्रेभञ्ज्याङसम्म खाना उपलब्ध गराएका हुन् ।

काभ्रे र भक्तपुरको सिमाना सागाँभञ्ज्याङ देखि पैदलयात्रुलाई खाना उपलब्ध गरादैँ आएको नेविसंघका अध्यक्ष नेरपेश बादेले बताए । नेविसंघले बिहीबारबाट निःशुल्क खाना उपलब्ध गराउन थालेको हो । हालसम्म ७ सयभन्दा बढीलाई खाना दिइसकेको अध्यक्ष बादेले बताए ।

नेविसंघले आफ्नै साथीहरुसँग रकम उठाएर निःशुल्क खाना उपलब्ध गराएको हो । केहि चामल भने बागमीत टिपर ब्यवसायी संघ पनि उपलब्ध गराएको छ । लकडाउन लम्बिएपछि राजधानीबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा सहित तराईका विभिन्न जिल्लाका नागरिक आ–आफ्नो गन्तब्यमा काभ्रे हुदैँ हिडेर गइरहेका छन् । लकडाउनपछि होटल पसल बन्द छन् । पैदय यात्रुलाई खानाको समस्या नपरोस् भनेर सार्थीहरु मिलेर निःशुल्क खाना दिन सुरु गरेको अध्यक्ष बादेले बताए ।

पैदलयात्रुका लागि दैनिक २५ देखि ३० किलो चामल पकाउने गरिएको छ । खाना, आलु–काउलीको तरकारी, अण्डा र सालाद सहितको प्याकिङ खाना पैदलयात्रुलाई दिने गरेको अध्यक्ष बादेले जानकारी दिए । नेविसंघले ड्युटीमा खटिएका प्रहरीलाई समेत खाना दिने गरेको छ । ‘अहिले काभ्रे हुदैँ धेरै जान आ–आफ्नो जिल्लामा हिडिरै गइरहनुभएको छ, होटलहरु पनि बन्द छ, यस्तो बेला खानाको समस्या नहोस भनेर निःशुल्क खाना उपलब्ध गराइरहेका छौँ, अध्यक्ष बादेले भने ‘यो विपद्को बेला एकले अर्कोलाई सहयोग गर्नै पर्छ ।’

यसैबीच नेविसंघले अपाङ्गता, बृद्धबृद्धा, एक महिला र सुत्केरी गरी ७५ जनाभन्दा बढीलाई राहत सहयोग गरेको छ । चालम, दाल, तेल, नुन जस्तो दैनिक भान्सामा प्रयोग हुने चित सहयोग गर्दै आएको हो ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  २ : १२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा