२०८३, २० आश्विन बुधबार

पूर्व मन्त्री बास्कोटाले पठाए काभ्रेका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री

पूर्व मन्त्री बास्कोटाले पठाए काभ्रेका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री


धुलिखेल, २८ चैतः पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नो जिल्लामा ठूलो परिमाणको स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री बास्कोटाले बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डन र भकुण्डेबेशी लगायत काभ्रेका बिभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्य कर्मीका लागि स्वास्थ्य सामग्री पठाएका हुन् ।

पूर्व मन्त्री बास्कोटाले जिल्लाका लागि १९५ वटा पीपीई अर्थात पर्सनल प्रोटेक्टिब इक्युपमेन्ट, २५ एमएलको २२९ पिस स्यानिटाईजर र ४ हजार थान सर्जिकल मास्क पठाएका हुन् ।

बास्कोटाले पठाएको स्वास्थ्य सामग्री शुक्रबार नै युवा बिद्यार्थीहरुले धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरेका छन् । पूर्वमन्त्री बास्कोटाले उपलब्ध गराएको ७५ थान पीपीई, ६ सय थान मास्क तथा ७५ थान स्यानीटाईजर धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यसैबीच धुलिखेल नगरपालिकाले बास्कोटा मार्फत प्राप्त ७५ थान पीपीई मध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई ४१ थान हस्तान्तरण गरेको छ । बाँकी पीपीई आवश्यकताका आधारमा नगरपालिका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि उपलब्ध गराइने नगरप्रमुख ब्यान्जुले बताए ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ३४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको