२०८२, २९ पुस मंगलबार

पूर्व मन्त्री बास्कोटाले पठाए काभ्रेका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री

पूर्व मन्त्री बास्कोटाले पठाए काभ्रेका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री


धुलिखेल, २८ चैतः पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नो जिल्लामा ठूलो परिमाणको स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री बास्कोटाले बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डन र भकुण्डेबेशी लगायत काभ्रेका बिभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्य कर्मीका लागि स्वास्थ्य सामग्री पठाएका हुन् ।

पूर्व मन्त्री बास्कोटाले जिल्लाका लागि १९५ वटा पीपीई अर्थात पर्सनल प्रोटेक्टिब इक्युपमेन्ट, २५ एमएलको २२९ पिस स्यानिटाईजर र ४ हजार थान सर्जिकल मास्क पठाएका हुन् ।

बास्कोटाले पठाएको स्वास्थ्य सामग्री शुक्रबार नै युवा बिद्यार्थीहरुले धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरेका छन् । पूर्वमन्त्री बास्कोटाले उपलब्ध गराएको ७५ थान पीपीई, ६ सय थान मास्क तथा ७५ थान स्यानीटाईजर धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यसैबीच धुलिखेल नगरपालिकाले बास्कोटा मार्फत प्राप्त ७५ थान पीपीई मध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई ४१ थान हस्तान्तरण गरेको छ । बाँकी पीपीई आवश्यकताका आधारमा नगरपालिका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि उपलब्ध गराइने नगरप्रमुख ब्यान्जुले बताए ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ३४ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र