२०८२, १७ चैत्र बुधबार

संसारमा काेराेनाबाट मृत्यु हुनेको संख्या ९६ हजार, संक्रमित १६ लाख 

संसारमा काेराेनाबाट मृत्यु हुनेको संख्या ९६ हजार, संक्रमित १६ लाख 


काठमाडौं, २८ चैत : कोरोना  भाइरस संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १९७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

सबैभन्दा बढी अमेरिकामा कोरोनाका संक्रमित छन् । अमेरिकामा संक्रमितको संख्या चार लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

१६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ५६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या एक लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख ४३ हजार पुगेको छ ।

फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या तीन हजार ३३६ छ ।

जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २५२३, नेदरल्याण्डस्मा करिब २४ सय छ । भारतमा २२६ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् ।

कुन देशमा कति रु (आँकडा)

अमेरिका
संक्रमित– ४,६२,१३५
मृत्यु– १६,५१३
निको– २५,४१०

स्पेन
संक्रमित– १,५३,२२२
मृत्यु– १५,४४७
निको– ५२,१६५

इटाली
संक्रमित– १,४३,६६२
मृत्यु– १८,२७९
निको– २८,४७०

फ्रान्स
संक्रमित– १,१८,७८३
मृत्यु– १२,२२८
निको– २३,४४१

जर्मनी
संक्रमित– १,१८,२३५
मृत्यु– २,६०७
निको– ५२,४०७

चीन
संक्रमित– ८२,८८३
मृत्यु– ३,३३९
निको– ७७,६७९
इरान
संक्रमित– ६६,२२०
मृत्यु– ४,११०
निको– ३२,३०९

बेलायत
संक्रमित– ६५,८७२
मृत्यु– ७,९९३
निको– ३५९

टर्की
संक्रमित– ४२,२८२
मृत्यु– ९०८
निको– २,१४२

बेल्जियम

संक्रमित– २४,९८३
मृत्यु– २,५२३
निको– ५,१६४

स्वीजरल्याण्ड
संक्रमित– २४,०५१
मृत्यु– ९४८
निको– १०,६००
भारत
संक्रमित– ६,७२५
मृत्यु– २२६
निको– ६२०

नेपाल
संक्रमित– ९
मृत्यु– ०
निको– १
(स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ११ : १० बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका