२०८२, २५ कार्तिक सोमबार

काभ्रेको महाभारत गाउँपालिकामा पसल खोल्ने समय निर्धारण

काभ्रेको महाभारत गाउँपालिकामा पसल खोल्ने समय निर्धारण


धुलिखेल २८ चैत काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले पसल खोल्ने समय निर्धारण गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका बैठकले अत्यावश्क काम बाहेक एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय समेत गरेको छ ।

बैठकको निर्णय अनुसार पालिकाभित्रका सबै किमिसका पसलहरु विहान ८ बजेदेखि १० बजेसम्म र दिसँसो ३ बजेखि ५ बजेसम्म मात्रै खुल्न पाउने छन् । त्यस्तै पालिकाभित्रका पसलहरुको नियमित अनुगमन गर्न उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिलाई थप प्रभावकारी बनाइएको छ । बैठकले पालिकाभित्र ५ जना भन्दा बढी संख्यामा जमघट गर्न नदिने निर्णय गरेको छ ।

बैठकले पालिकाभित्र कोहि विदेशबाट भित्रिए तत्काल खबर गर्न पनि सबैसँग आग्रह गरेको छ । त्यस्तै खाद्य संकट हुन नदिन आपूर्ति ब्यवस्थालाई सहज बनाउने निर्णय भएको प्रवक्ता मोक्तानले जानकारी दिए ।

पालिकाभित्र रहेका गरिब, दैनिक ज्याला मजुरी गर्ने र विपन्न घरपरिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ । अब दाताहरुले फूड बैंकमा राहत उपलब्ध गराउनुपर्नेछ । जथाभावी राहत वितरण गर्न नदिन जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा निगरानी बढाउने भएका छन् ।

पालिकाले यसअघि २५ लाखको कोरोना विशेष कोष स्थापना गरिसकेको छ ।

 

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  १० : ५० बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत