२०८३, २१ आश्विन बिहीबार

काभ्रेको महाभारत गाउँपालिकामा पसल खोल्ने समय निर्धारण

काभ्रेको महाभारत गाउँपालिकामा पसल खोल्ने समय निर्धारण


धुलिखेल २८ चैत काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले पसल खोल्ने समय निर्धारण गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका बैठकले अत्यावश्क काम बाहेक एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय समेत गरेको छ ।

बैठकको निर्णय अनुसार पालिकाभित्रका सबै किमिसका पसलहरु विहान ८ बजेदेखि १० बजेसम्म र दिसँसो ३ बजेखि ५ बजेसम्म मात्रै खुल्न पाउने छन् । त्यस्तै पालिकाभित्रका पसलहरुको नियमित अनुगमन गर्न उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिलाई थप प्रभावकारी बनाइएको छ । बैठकले पालिकाभित्र ५ जना भन्दा बढी संख्यामा जमघट गर्न नदिने निर्णय गरेको छ ।

बैठकले पालिकाभित्र कोहि विदेशबाट भित्रिए तत्काल खबर गर्न पनि सबैसँग आग्रह गरेको छ । त्यस्तै खाद्य संकट हुन नदिन आपूर्ति ब्यवस्थालाई सहज बनाउने निर्णय भएको प्रवक्ता मोक्तानले जानकारी दिए ।

पालिकाभित्र रहेका गरिब, दैनिक ज्याला मजुरी गर्ने र विपन्न घरपरिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ । अब दाताहरुले फूड बैंकमा राहत उपलब्ध गराउनुपर्नेछ । जथाभावी राहत वितरण गर्न नदिन जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा निगरानी बढाउने भएका छन् ।

पालिकाले यसअघि २५ लाखको कोरोना विशेष कोष स्थापना गरिसकेको छ ।

 

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  १० : ५० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको