२०८२, ३१ असार मंगलबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो


काठमाडौं, २८ चैत: अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार पाँच सय १३ पुगेको छ ।

बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ ।

अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी गरेका छन् । सीएनएनका अनुसार बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकाको लागि आम समुदायमा कोरोना भाइरस परीक्षणको जरुरी नरहेको बताएका हुन् ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ७ : ५२ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।