२०८२, २० असार शुक्रबार

पनौतीका कुकुरलाई मासु, भात र पानी

पनौतीका कुकुरलाई मासु, भात र पानी


धुलिखेल, २७ चैतः पनौती नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका कुकुरलाई पनि खाना खुवाउन सुरु गरेको छ । लकडाउनसँगै होटल, पसल बन्द भएको र छाडा जोडिएका कुकुरले आहारा नपाएको भन्दै नगरपालिकाले खाना खुवाउन सुरु गरेको हो ।

नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले नेपाल एनिमल वेल्फेयर एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा कुकुरलाई खाना खुवाउन थालेको हो । एक/एक दिनको फरकमा छाडा छोडिएका कुकुरहरुलाई खाना खुवाउने गरिएको नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाले पनौती बसपार्क, कुशादेवी, खोपासी, सुनथान लगायत कुकुरको जमघट हुने ठाउँमा पुगेर खाना खुवाउने गरेको छ । कुकुरलाई मासु, भात र पानी खुवाउने गरेको पशु चिकित्सक सापकोटाले बताए । नगरपालिकाले २ सय ५० वटा कुकुरलाई खाना खुवाई सकेको छ ।

नगरपालिकाले कुकुरको जमघट हुने ठाउँको यसअघि नै रेक्कि गरिसकेको छ । खानासँगै भेटेरेनरी पशु चिकित्सक समेत पठाउने गरेको छ । बिरामी भए उपचार गर्ने ब्यवस्था समेत नगरपालिकाले गरेको छ । पनौती नगरपालिकाले अधिकांश कुकुरहरुको बन्ध्याकरण गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ८ : ५३ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक