२०८३, ३० भाद्र बुधबार

पनौतीका कुकुरलाई मासु, भात र पानी

पनौतीका कुकुरलाई मासु, भात र पानी


धुलिखेल, २७ चैतः पनौती नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका कुकुरलाई पनि खाना खुवाउन सुरु गरेको छ । लकडाउनसँगै होटल, पसल बन्द भएको र छाडा जोडिएका कुकुरले आहारा नपाएको भन्दै नगरपालिकाले खाना खुवाउन सुरु गरेको हो ।

नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले नेपाल एनिमल वेल्फेयर एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा कुकुरलाई खाना खुवाउन थालेको हो । एक/एक दिनको फरकमा छाडा छोडिएका कुकुरहरुलाई खाना खुवाउने गरिएको नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाले पनौती बसपार्क, कुशादेवी, खोपासी, सुनथान लगायत कुकुरको जमघट हुने ठाउँमा पुगेर खाना खुवाउने गरेको छ । कुकुरलाई मासु, भात र पानी खुवाउने गरेको पशु चिकित्सक सापकोटाले बताए । नगरपालिकाले २ सय ५० वटा कुकुरलाई खाना खुवाई सकेको छ ।

नगरपालिकाले कुकुरको जमघट हुने ठाउँको यसअघि नै रेक्कि गरिसकेको छ । खानासँगै भेटेरेनरी पशु चिकित्सक समेत पठाउने गरेको छ । बिरामी भए उपचार गर्ने ब्यवस्था समेत नगरपालिकाले गरेको छ । पनौती नगरपालिकाले अधिकांश कुकुरहरुको बन्ध्याकरण गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ८ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक