२०८३, ३० भाद्र बुधबार

पाँचखालका मेयर खरेलको कार्यशैली प्रति नेकपाका वडाध्यक्षको आपत्ति

पाँचखालका मेयर खरेलको कार्यशैली प्रति नेकपाका वडाध्यक्षको आपत्ति


धुलिखेल, २६ चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको पछिल्लो गतिविधि प्रति नेकपाका वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । नगरपालिकामा निर्वाचित नेकपाका ७ जना वडाध्यहरुले संयुक्त रुपमा अपिल गर्दै विश्वब्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस रोकथाम र निन्त्रयणमा मेयर र उपमेयर दलगत स्वार्थ भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन् ।नगरप्रमुख खरेलको गतिविधि प्रति वडा नम्बर १ का अष्ट बहादुर लामा, २ का वडाध्यक्ष हरिराम खतिवडा, ५ का वडाध्यक्ष बालकृष्ण सापकोटा, ६ का वडा रामशरण दुलाल, ७ का वडाध्यक्ष पुष्कर ढकाल, १० का वडाध्यक्ष नारायण प्रसाद सापकोटा र १२ का वडाध्यले संयुक्त अपिल गरेका हुन् ।

उनीहरुले चैत १३ गतेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा मेयर भौतिक रुपमा उपस्थिति नभइ भिडियो मार्फत सम्बोधन, १८ गते वडाध्यक्षहरु उपस्थिति रहेको बैठकमा सहभागि नभई दिउँसो दमकलले क्लोरिन पाउडर छर्किदै गर्दा फोटो खिचाउन मेयर पुगेको वडाध्यक्षहरुको आरोप लगाएका छन् ।

त्यस्तै उनीहरुले चैत २३ गतेको बैठकले वडावडामा अत्यावश्यक स्वास्थ्य, कृषि कार्य बाहेक लकडाउन गर्ने निर्णय र सार्वजनिक सुचना जारी गरे पश्चात मेयर खरेल दैनिक रुपमा पार्टीका आफ्नो कार्यकर्तालाई साथमा लिइ अध्यक्षलाई समेत कुनै जानकारी नदिइ वडा घुमेको र आमसभाको झल्को दिने गरी नगरप्रमुखले नै लकडाउनको उल्लंघन गरेको प्रति आपत्ति जनाएका छन् ।

राहत वितरण गर्न बाँकी भएका वडाहरुमा जनप्रनिधिहरुलाई विभेद गरि आफ्नो पार्टी कार्यकर्ताहरुसँग नामावली मागेकोमा घोर आपत्ती गर्दै वडा समितिको सिफारिसमा गर्ने गराउने कार्यपालिकाको निर्णय बमोजिम गर्न समेत आग्रह गरेका छन् । वडाध्यक्षहरुले जिल्ला विपद् ब्यवस्थापन समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गरि मेयरको अवान्छनिय गतिविधि तत्काल बन्द गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ६ : ०५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक