२०८२, २६ भाद्र बिहीबार

पाँचखालका मेयर खरेलको कार्यशैली प्रति नेकपाका वडाध्यक्षको आपत्ति

पाँचखालका मेयर खरेलको कार्यशैली प्रति नेकपाका वडाध्यक्षको आपत्ति


धुलिखेल, २६ चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको पछिल्लो गतिविधि प्रति नेकपाका वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । नगरपालिकामा निर्वाचित नेकपाका ७ जना वडाध्यहरुले संयुक्त रुपमा अपिल गर्दै विश्वब्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस रोकथाम र निन्त्रयणमा मेयर र उपमेयर दलगत स्वार्थ भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन् ।नगरप्रमुख खरेलको गतिविधि प्रति वडा नम्बर १ का अष्ट बहादुर लामा, २ का वडाध्यक्ष हरिराम खतिवडा, ५ का वडाध्यक्ष बालकृष्ण सापकोटा, ६ का वडा रामशरण दुलाल, ७ का वडाध्यक्ष पुष्कर ढकाल, १० का वडाध्यक्ष नारायण प्रसाद सापकोटा र १२ का वडाध्यले संयुक्त अपिल गरेका हुन् ।

उनीहरुले चैत १३ गतेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा मेयर भौतिक रुपमा उपस्थिति नभइ भिडियो मार्फत सम्बोधन, १८ गते वडाध्यक्षहरु उपस्थिति रहेको बैठकमा सहभागि नभई दिउँसो दमकलले क्लोरिन पाउडर छर्किदै गर्दा फोटो खिचाउन मेयर पुगेको वडाध्यक्षहरुको आरोप लगाएका छन् ।

त्यस्तै उनीहरुले चैत २३ गतेको बैठकले वडावडामा अत्यावश्यक स्वास्थ्य, कृषि कार्य बाहेक लकडाउन गर्ने निर्णय र सार्वजनिक सुचना जारी गरे पश्चात मेयर खरेल दैनिक रुपमा पार्टीका आफ्नो कार्यकर्तालाई साथमा लिइ अध्यक्षलाई समेत कुनै जानकारी नदिइ वडा घुमेको र आमसभाको झल्को दिने गरी नगरप्रमुखले नै लकडाउनको उल्लंघन गरेको प्रति आपत्ति जनाएका छन् ।

राहत वितरण गर्न बाँकी भएका वडाहरुमा जनप्रनिधिहरुलाई विभेद गरि आफ्नो पार्टी कार्यकर्ताहरुसँग नामावली मागेकोमा घोर आपत्ती गर्दै वडा समितिको सिफारिसमा गर्ने गराउने कार्यपालिकाको निर्णय बमोजिम गर्न समेत आग्रह गरेका छन् । वडाध्यक्षहरुले जिल्ला विपद् ब्यवस्थापन समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गरि मेयरको अवान्छनिय गतिविधि तत्काल बन्द गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ६ : ०५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा