२०८३, १२ कार्तिक बिहीबार

पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु 

पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु 


धुलिखेल, २६ चैतः काभ्रे जिल्लाका १३ वटा स्थानीय तह मध्ये कोरोना भाइरसका कारण लकडाउन पछि राहत वितरणमा अग्रणी भुमिका निर्वाह गरिरहेको पनौती नगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ ।

पालिकाले आजबाट फुड बैकमा भएको राहत सामग्री सम्बन्धी वडा कार्यालयमा पठाउन सुरु गरेको हो । पालिका अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गर्दै आइरहेको छ । पालिकाले वडा नम्बर ६, ९, १० र ११ नम्बर बडाका लागि राहत सामग्री पठाएको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

फूड बैंक ब्यवस्थापन समितिका संयोजक समिति रहनुभएका अधिकारी अनुसार प्रत्येक वडालाई ५० प्याकेटका दरले राहत सामग्री वडालाई पठाइएको हो । यसअघि पालिकाले नगरपालिकाभित्रका १३० घरपरिवारलाई राहत वितरण गरेको थियो । नगरपालिका चालम, दाल, नुन, तेल लगायत १७ प्रकारका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा समावेश गरेको छ ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ५ : ०७ बजे

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली

सभामुख अर्यालसँग रविको २० मिनेट भेट, अघिल्लो दिन बालेनसँग चार घण्टा छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा