२०८३, ९ भाद्र बुधबार

काभ्रेभञ्ज्याङमा युवाहरुको नयाँ जुत्ति, खाली खुट्टा हिड्नेलाई निशुल्क चप्पल

काभ्रेभञ्ज्याङमा युवाहरुको नयाँ जुत्ति, खाली खुट्टा हिड्नेलाई निशुल्क चप्पल


धुलिखेल, २६ चैतः धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङका युवाहरुले पैदय यात्रुहरुलाई निःशुल्क चप्पल दिन थालेका छन् । स्थानीय ८ जना युवाहरुको समूह मिलेर कोरोना भाइरसका कारण लकडाउन भएसँगै राजधानीबाट बीपी राजमार्ग गन्तब्य हिडेका यात्रुलाई निःशुल्क चप्पल वितरण गरेका हुन् ।

राजमार्गमा हिड्दा हिड्दै जुत्ता चप्पल चुडिएका वा च्यात्तिएर खालिखुट्टै हिड्न बाध्य भएकाहरुलाई निःशुल्क चप्पल दिने अभियान सुरु गरिएको अभियानका एक जना युवा रोशन हुमागाईले बताए । ‘हामी धेरै मानिस असहज रुपमा हिडिरहेका देख्यौँ, घरबाट निस्किदाँ लगाएको जुत्ता, चप्पल अप्ठ्यारो भएर हातमा बोकेको पनि देखेँपनि यो नयाँ उपाय लगाएका हौँ, रोशनले भने ‘राजमार्गमा यात्रुहरु हिडुञ्जेल यो अभियानलाई निन्तर दिने सोचिरहेका छौँ ।’

युवाहरुले बुधबार (आज) बाट काभ्रेभञ्ज्याङमा बीपी राजमार्गबाट गन्तब्य तर्फ जाने यात्रुहरुलाई यस्तो सुविधा दिन थालेका हुन् । अहिलेसम्म ८ जोर चप्पल वितरण गरिसकेको रोशनले बताए । रोशनसँगै स्थानीय युवाहरु सागर हुमागाई, श्रीजन हुमागाई, निमेष सिग्देल, कुरुणा बजगाई, कुसुम बजगाई, अस्मित हुमागाई र सुबित हुमागाई राजमार्गका यात्रुहरुको सेवाका लागि खटिएका छन् ।

उनीहरुले पानी, बिस्कुट, चाउचाउ र औषधि समेत उपलब्ध गराइरहेका छन् । केहि चिज आफै र केहि रेडक्रस काभ्रेका उपशाखाका सभापति बलराम सिग्देलले सहयोग गरेका छन् । औषधिको ब्यवस्थापन भने काभ्रे भञ्ज्याङ स्वास्थ चौकीका इन्चार्ज ब्रम्ह शाहले गरिदिएका छन् ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  २ : २२ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको