२०८३, ८ आश्विन शुक्रबार

काभ्रेमा अझै बढाइएन आइसोलेसन वेड

काभ्रेमा अझै बढाइएन आइसोलेसन वेड


धुलिखेलमा फागुन २० गते जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमितका लागि धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पताल र बनेपा स्थित शीर मेमोरियल अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गर्यो । सोहि अनुसार धुलिखेल अस्पतालले ८ वेड र शीर मेमोरियल अस्पतालले ५ वेडको आइसोलेसन कक्ष तयार पारे ।

त्यहि निर्णयलाई आधार मानेर नमोबुद्ध नगरपालिकाको जनक मावि काफ्लेथोकमा ८ र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वेडको आईसोलेसन तयार गरियो । तर जनक मावि र पाँचखालमा तयार गरिएको आइसोलेसन वेडले मापदण्ड पुरा गर्न सकेनन् । आइसोलेसनको मान्यता दिइन् ।

त्यस यस्ता धुलिखेलमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झा, नेपाल प्रहरी, नेपाली सेना सहित सरोकारवाला निकायका ब्यक्तिहरुको लगभग एक दर्जनको हाराहारीमा बैठक बसिसक्यो । तर आइसोलेसन वेड थप्ने र मापदण्ड पुरा नगरेका आइसोलेसनलाई मापदण्ड पुरा गराउन आवश्यक पर्ने उपकरण देखि अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा कुनै निर्णय गरेको पाइदैँन ।

अहिले दुई वटा अस्पतालमा गरी जम्मा १३ वटा आइसोलेसन वेड छन् । भलै अहिलेसम्म शीर मेमोरियल अस्पतालको आइसोलेसन वेडमा कोरोना भाइरसको आशंकामा एक जना पनि बस्नु परेको छैन । धुलिखेल अस्पतालमा भने आइसोलेसन वेडमा हालसम्म कोरोना आशंकामा ६ लाई राखेर उपचार गरिएको छ । अहिले पनि एक जना आइसोलेसन बेडमै छन् ।

१३ जनाभन्दा बढिलाई आइसोलेसनमा राख्नु पर्यो भने के गर्ने ?

२०६८ सालको जनगणना अनुसार काभ्रे जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ छ । एकैछिन कल्पना गरौँ । १३ जनाभन्दा बढीलाई एकैपटक आइसोलेसनमा राख्नु पर्ने अवस्था आयो भने कहाँ लैजाने ? काभ्रेको जनसंख्या र हाल आइसोलेसन वेडको संख्या हेर्दा ४९ हजार ६ सय ५१ दशमलब ८१ जनाको भागमा एउटा वेड पर्छ ।

हुन त कोरोना भाइरस लागेका सबैलाई आइसोलेसनमै राख्नुपर्छ भन्ने नहोला । फेरी रिपोर्ट नआउँदासम्म राख्ने भनेको त आइसोलेसन वेडमै हो । काभ्रे जिल्लाका दुई अस्पताल काभ्रेका लागि मात्रै होइनन । छिमेकी जिल्लाहरुको पायक पर्ने अस्पताल पनि यीनै हुन् । तर जिल्लाको तयारी निकै सुस्त छ ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकले ३२ बेड क्षमताको आइसोलेसन तयार पारेको छ । काभ्रेमा डाक्टरहरुको संख्या पनि धेरै छ । विरामी बढि हाले कहाँ राखेर उपचार गर्ने भन्नेमा न अस्पतालहरुको तयार छ । न त यससँग सम्बन्धित पक्षको । हुन त कतिपयलाई लाग्दो हो, काभ्रे राजधानीसँग नजिक छ । तर राजधानीका कहाँ–कहाँका मात्रै मान्छे राख्ने ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  १२ : ०७ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई