२०८२, २६ भाद्र बिहीबार

पाँचखालका मेयर खरेलले तोके पसल खोल्न पाउने समय

पाँचखालका मेयर खरेलले तोके पसल खोल्न पाउने समय


धुलिखेल, २५ चैतः आफ्नो नगरबासीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन अनेक तरिकाको खोजीमा रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पसल खोल्ने समय तोकेका छन् । मंगलबार नगरपालिकामा बसेको संयुक्त बैठकमा मार्फत खरेलले नगरपालिकाभित्रका पसल निश्चित समयभित्र मात्रै खोल्न पाउने निर्णय गराएका हुन् ।

बैठकको निर्णय अनुसार खाद्यान्न, तकारी, मासु तथा फलफूल पसल हप्ताको दुई दिन विहान ६ बजेदेखि १० सम्म मात्रै खोल्न पाइने छ । यो सयममा हप्ताको सोमबार र शुक्रबारमात्रै खोल्न पाइनेछ । यो नियम औषधि, भेटेरिनरी तथा बिउ विजन बेचविखन गर्ने पसललाई लागु हुने छैन । मेयर खरेलले यो बाध्यात्मक निर्णय भएको भन्दै ब्यवहारमा लागु गर्न नगरबासीलाई आह्वान गरेका छन् ।

रक्सी, गुट्खा तथा सुपारी जन्य बस्तु अर्को सुचना जारी नभएसमम्मका लागि बिक्री वितरण गर्न पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मेयर खरेलले जानकारी दिए । बैठकमा पाँचखाल नगरपालिकालाइृ ३ महिनाका लागि खाद्य संकन नहुन नदिन ब्यवसायीहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन् । ‘हिजो मैले जसरी पाँचखालबासीको घर–घर पुगेर मत मागेरको थिए, आज उहाँकै जीवन रक्षाका लागि यो कठोर निर्णय गरेको छु, मेयर खरेलले भने ‘यसलाई पूर्ण पालना गरिदिनोस् कोरोना भाइरसबाट हाम्रो नगरका कोहि पनि नागरिक संक्रमित नहुन ।’

नगरपालिका गरेको निर्णय नमाने प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ८ : ३१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा