२०८३, १२ कार्तिक बिहीबार

साँगादेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकासम्म निःशुल्क खाना

साँगादेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकासम्म निःशुल्क खाना


धुलिखेल, २५ चैतः बनेपा नगरपालिका वडा नम्बर ५ मा रहेको पानस पार्टी प्यालेसले निःशुल्क खाना खाने ब्यवस्था मिलाई रहेको छ । पार्टी प्यालेसले काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा कोरोना भाइरससँगै लकडाउन पछि उत्पन्न परिस्थितिका कारण समस्यामा परेका मानिसलाई निःशुल्क खाना र पानीको ब्यवस्था गरेको हो ।

सुर्य श्रेष्ठ, बिमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा, बिजेस पोटे, जुलेस खड्का, इमरान अन्सारी, रुपेन्द्र शाक्य, कृष्ण बहादुर पन्त, राजकुमार तिमल्सिना र हरिभक्त श्रेष्ठको समूहले निःशुल्क खाना उपलब्ध गराएका हुन् ।

उनीहरुले अरनिको राजमार्ग अन्तर्गत साँगाभञ्ज्याङदेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकाको सिमानासम्म अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खाना उपलब्ध गराइरहेका छन् । लकडाउनसँगै होटल बन्द भएपछि टाढा–टाढा हिडेका पैदलयात्रुले खानपानको समस्या झेल्दै आइरहेका बेला निःशुल्क खाना र पानीको उपलब्ध गराइरहेको सूर्य श्रेष्ठले बताए ।

अहिलेसम्म झण्डै १५ सय जनालाई निःशुल्क खाना खुवाईसकेको निरन्जन तिमल्सिनाले बताए । उनीहरुले पार्टी प्यालेसमा पाएको खाना पाकिङ गरेर सडकमा हिड्ने पैदय यात्रु, अलपत्र परेका मानिस, असहाय, बृद्धबृद्धा, सावरी चालक लगायतलाई दिने गरेका छन् । दाल, भात, काउली, गेडागुडी सहितको सहकारी खाना पानस पार्टी प्यालेसले उपलब्ध गराइरहेको नवीन बैद्यले बताए ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ७ : ४३ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली