२०८३, ९ भाद्र बुधबार

काभ्रेका स्वास्थ्य कर्मीलाई खै कोरोना भाइरस रोकथामको तालिम ? (कुन तहमा कति स्वास्थ्य कर्मी)

काभ्रेका स्वास्थ्य कर्मीलाई खै कोरोना भाइरस रोकथामको तालिम ? (कुन तहमा कति स्वास्थ्य कर्मी)


धुलिखेल,२५ चैतः महामारीको रुप लिइरहेको कोरोना भाइरससँग लड्न काभ्रेका स्वास्थ्य कर्मीहरु कत्तिको तयार छन ? कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी हेर्न अहिलेकै अवस्थामा उनीहरु तयार छन् ?

यहि प्रश्न हामीले जिल्लाका १३ वाटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुसँग गरेका छौँ । उनीहरुको निष्कर्ष छ ‘आत्तिएका छैनौँ, तर कसरी काम गर्ने भन्नेर कुनै किसिमको तालिम पाएका छैनौ ।’ अहिले स्थानीय तहहरुले स्वास्थ्य कर्मीका लागि अत्यावश्यक पिपिई अर्थात ब्यक्तिगत सुरक्षाका लागि लगाउने लुगा बाडिरहेका छन् । स्वास्थ्य संयोजकहरु भन्छन्: ‘यो पनि पर्याप्त छैन ।’ जिल्लामा ६५९ जना स्वास्थ्य कर्मी छन् । १३५ वटा स्वास्थ्य संस्था रहेका छन् ।

हुन त कोरोनाका जटिल बिरामी भए स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन निकै मुस्किल पर्छ । हालसम्मको अवस्था हेर्ने हो भने आइसोलेसनमै राखेर उपचार गरिएका धेरै छन् । जिल्लाका स्थानीय तहहरुले स्वास्थ्यकर्मीका लागि तलब सुविधामा समेत बृद्धि गरेका छन् । जीवन बिमा गरिदिएका छन् ।

तर काभ्रेमा अहिलेसम्म हुनै नसकेको महत्वपूर्ण कुरा हो, गाउँगाउँमा रहेका स्वास्थ्य कर्मीलाई कोरोना भाइरससँग सम्बन्धि तालिम नदिइनु । गाउँमा विरामी बढिहाले गाउँमै कसरी उपचार गर्ने भन्ने बारे अहिलेसम्म स्वास्थ्य कर्मीहरुले कुनै किसिमका तालिम नपाएको स्वास्थ्य संयोजकहरुको भनाई छ । धुलिखेल नगरपालिकाले भने धुलिखेल अस्पतालका विज्ञहरुसँग आफ्नो स्वास्थ्य कर्मीको साक्षात्कार गराएका छन् ।

जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला, महाभारत, कोशीपारीको चौरीदेउराली, भुम्लु जस्ता सुचनाको पर्याप्त पहुँच नभएका स्थानीय तहहरुले धुलिखेलमा भएको बैठकको निर्णय समेत समयमै नपाएको गुसानो गरे ।

यस्ताे छ जिल्लाकाे विवरण

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ४ : ३३ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा