२०८२, २५ कार्तिक सोमबार

पाँचखालका मेयर खरेल अकास्मात पुगे ६ वटा वडामा

पाँचखालका मेयर खरेल अकास्मात पुगे ६ वटा वडामा


धुलिखेल, २४ चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले वडागत अनुगमन सुरु गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित अवस्था बुझ्न र समाधानको उपाय खोज्न उनी वडामै पुगेका हुन् ।

उनले सोमबार ६ वटा वडामा पुरेर अवस्थाको जानकारी लिएका हुन् । नगरापापालिकाको २, ८, ९, १०, ११ र १३ नम्बर वडामा पुगेर स्थलगत जानकारी लिएको मेयर महेश खरेलले जानकारी दिए । तिनकुने, टाँके, हर्से, होक्से, पलान्चोक, खरेलथोक, कोशिदेखा, रोटेपिङ, बलुवा, कब नेपाल हुँदै बेला पुगेको मेयर खरेलले सामाजिक दुरी कायम गर्दै विभिन्न सरोकारवाला ब्यक्तिहरुसँग पनि भेट गरेको बताए ।

कोरोना भाइरस रोकथामका लागि वडास्तरमा भइरहेका गविधि र भावी दिनमा गर्नुपर्ने कामका बारे बस्तीस्तरमै पुगेर जानकारी लिएको मेयर खरेलले बताए । ‘यो हामीले सोच्दैँ नसोचेको पस्थिति सिर्जना भएको छ, यसबाट आम नगरबासीलाई कसरी सुरक्षित बनाउने भनेर हाम्रो समूह लागि परेको छ, मेयर खरेलले भने ‘लकडाउन पछि आम नगरबासीले भोगिरहेको समस्या बुझ्न गाउँ गएको हुँ, कोरोना भाइरस विश्वभर जटिल बन्दै गइरहेको र त्यसका लागि अपनाउनुपर्ने सावधानीका बारेपनि दाजुभाई दिदीबहिनीहरुको धारण बुझेँ ।’

मेयर खरेलले वडाध्यक्षहरुले कोरोना भाइरस रोकथामका लागि आवश्यक निर्देशन समेत दिएका छन् । आइतबार मात्रै नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसालेर एक वडाबाट अर्को वडामा मानिसको आवात जावात समेत गर्न पाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ६ : ५५ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत