२०८३, १० असार बिहीबार

पाँचखालका मेयर खरेल अकास्मात पुगे ६ वटा वडामा

पाँचखालका मेयर खरेल अकास्मात पुगे ६ वटा वडामा


धुलिखेल, २४ चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले वडागत अनुगमन सुरु गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित अवस्था बुझ्न र समाधानको उपाय खोज्न उनी वडामै पुगेका हुन् ।

उनले सोमबार ६ वटा वडामा पुरेर अवस्थाको जानकारी लिएका हुन् । नगरापापालिकाको २, ८, ९, १०, ११ र १३ नम्बर वडामा पुगेर स्थलगत जानकारी लिएको मेयर महेश खरेलले जानकारी दिए । तिनकुने, टाँके, हर्से, होक्से, पलान्चोक, खरेलथोक, कोशिदेखा, रोटेपिङ, बलुवा, कब नेपाल हुँदै बेला पुगेको मेयर खरेलले सामाजिक दुरी कायम गर्दै विभिन्न सरोकारवाला ब्यक्तिहरुसँग पनि भेट गरेको बताए ।

कोरोना भाइरस रोकथामका लागि वडास्तरमा भइरहेका गविधि र भावी दिनमा गर्नुपर्ने कामका बारे बस्तीस्तरमै पुगेर जानकारी लिएको मेयर खरेलले बताए । ‘यो हामीले सोच्दैँ नसोचेको पस्थिति सिर्जना भएको छ, यसबाट आम नगरबासीलाई कसरी सुरक्षित बनाउने भनेर हाम्रो समूह लागि परेको छ, मेयर खरेलले भने ‘लकडाउन पछि आम नगरबासीले भोगिरहेको समस्या बुझ्न गाउँ गएको हुँ, कोरोना भाइरस विश्वभर जटिल बन्दै गइरहेको र त्यसका लागि अपनाउनुपर्ने सावधानीका बारेपनि दाजुभाई दिदीबहिनीहरुको धारण बुझेँ ।’

मेयर खरेलले वडाध्यक्षहरुले कोरोना भाइरस रोकथामका लागि आवश्यक निर्देशन समेत दिएका छन् । आइतबार मात्रै नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसालेर एक वडाबाट अर्को वडामा मानिसको आवात जावात समेत गर्न पाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ६ : ५५ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा