२०८२, ३ चैत्र बुधबार

संसारभर कोरोना संन्त्रास : अमेरिकामा पाँच नेपालीको मृत्यु

संसारभर कोरोना संन्त्रास : अमेरिकामा पाँच नेपालीको मृत्यु


काठमाडौं २४ चैत :  विश्वव्यापी महामारीका रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको खंख्या ६९ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट विश्वभरका चार हजार ७२८ मानिसले ज्यान गुमाएका छन् ।

विश्वका २०८ देशमा फैलिएको कोरोना संक्रमणबाट आइतबार ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८४८ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमित दुई लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । अमेरिकामा आइतबार कोरोना संक्रमणबाट एक हजार १६४ जनाको मृत्यु भएको छ ।

२५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ६६१ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ९ हजार ६१५ जनाको ज्यान गइसकेको छ ।

अमेरिकापछि आइतबार स्पेनमा धेरैको मृत्यु भएको छ । स्पेनमा हिजो एकै दिन ६९४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म संक्रमणबाट १२ हजार ६४१ जनाको मृत्यु भइसकेको छ ।
यूकेमा आइतबार एकै दिन कोरोना संक्रमणबाट ६२१ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ४७ हजार ८ सय नाघेको छ भने मृतकको संख्या ४ हजार ९३४ पुगेको छ ।

इटालीमा आइतबार ५२५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । संक्रमितको संख्या एक लाख २९ हजार नजिक पुगेको छ । यस्तै आइतबार फ्रान्समा ५१८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ८ हजार नाघेको छ ।

त्यसैगरी आइतबार कोरोना संक्रमणबाट जर्मनीमा १४०, इरानमा १५१, बेल्जियममा १६४, नेदरल्याण्डमा ११५, टर्कीमा ७३, स्वीटजरल्यान्डमा ४९, क्यानाडामा ४९ जनाको मृत्यु भएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । हिजो (आइतबार) एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ । अर्को छिमेकी देश चीनमा आइतबार यसको संक्रमणबाट कसैको पनि मृत्यु भएन ।

पाँच नेपालीको मृत्यु भएसँगै अमेरिकाका नेपालीमा त्रास, तीन सय बढी संक्रमित
कोरोना भाइरसबाट अमेरिकामा रहेका नेपालीहरुमा पनि त्रास फैलिएको छ । पछिल्लो समय कोरोना संक्रमणबाट अमेरिकामा पाँच नेपालीको मृत्युसँगै नेपाली समुदायमा त्रास फैलिएको हो ।

आइतबारसम्म न्युयोर्क, कोलोराडो लगायत क्षेत्रमा बस्ने पाँच नेपालीको मृत्यु भएको हो । मृत्यु भएका भनेका एक बिमारीको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको समाचारहरुमा जनाइएको छ ।

अमेरिकामा हालसम्म तीन सय बढी नेपाली संक्रमित रहेको नेपाली कांग्रेस निकट जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदीले जानकारी दिएका छन् ।

अहिले पनि लगभग ४० नेपाली संक्रमण भएर गम्भिर अवस्थामा अस्पतालमा छन् । कोरोना संक्रमणबाट निको भएर घर फर्किएका ७० जना जति रहेको पनि उनले बताएका छन् ।

‘केही भई हाले पनि सूचनाहरु नदिने भएका कारण एकिन यति नै नेपाली संक्रमित छन् भनेर भन्न सकिने अवस्था छैन्’ सुवेदीले भने, ‘साथीभाइको सम्पर्कबाट प्राप्त जानकारी अनुसार तीन सय बढी नेपालीहरु कोरोना संक्रमित भएका छन् ।’ अमेरिकामा चार लाख नेपाली रहेको अनुमान छ । अमेरिकामा मात्रै तीन लाख ३५ हजार बढी संक्रमित छन् । एजेन्सी

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  २ : ५३ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका