२०८३, ३० भाद्र बुधबार

काभ्रेमा विदेशबाट फर्किएकाको क्वारेन्टाइन अवधि सकियो, त्रास कायमै

काभ्रेमा विदेशबाट फर्किएकाको क्वारेन्टाइन अवधि सकियो, त्रास कायमै


धुलिखेल, २४ चैतः सरकारले चैत ९ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान रद्द गर्यो । फागुन महिना र अन्तर्राष्ट्रिय उडान बन्द हुनुभन्दा अघि सम्म काभ्रे जिल्लाको विभिन्न स्थानीय तहमा ४११ जना सम्पर्कमा छन् । यो संख्या अझै बढ्न सक्छ ।

जब चैत ४ गते कतार एयवेज मार्फत नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि काभ्रेका स्थानीय तहले पनि विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन गरे । कतिपय सम्पर्कमा आए । कति आएनन् । जिल्लाको स्थानीय तहको स्वास्थ्य संयोजकहरुको अनुभव के छ भने विदेशबाट आएकालाई सम्पर्कमा ल्याउनै मुस्किल ।

सरकारले विदेशबाट फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भयो । ९ चैत देखि यता १५ दिनबितेसकेको छ । यसरी हेर्दा विदेशबाट फर्किएका र स्थानीय तहको सम्पर्कमा आएका अधिकांशको क्वारेन्टाइनमा बस्ने अवधि सकिएको छ । विदेशबाट फर्किएकालाइ मण्डनदेउपुर नगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहले क्वारेन्टाइनमा राखेनन् ।

उनीहरुलाई घरमै सुरक्षित साथ बस्न भनियो । केहि स्थानीय तहले स्वास्थ्य कर्मी परिचालन गरे । केहि त्यहि पछि गरेरन । फोन मार्फत ज्वरोको विवरण लिएको समेत गुनासो आएको छ । जिल्लाको अधिकांश क्वारेन्टाइन खाली हुनुको कारण पनि यहि हो । विदेशबाट फर्किएका आ–आफ्नो घर पुगे । क्वारेन्टाइन ढिला तयार भयो । घरमै सुरक्षित बस्न भनियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाले १४ दिनको क्वारेन्टाइन अवधि सकिएपनि होसियार भने अझै हुन जरुरी रहेको बताए ।

स्थानीय त्रसित

पाँचखाल नगरपालिका वडा नम्बर ४ का एक जनाले फोन मार्फत गुनासो गरे । मेरो छिमेकमा विदेशबाट आएका एक जना छन् । अस्पताल जानुभन्दा पनि मान्दैनन । निस्फिक्रि हिडडुल गरिरहेका छन् ।

गुसानो गर्ने पाँचखाल ४ का उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय तहहरुले आफ्नै घरमा सुरक्षित साथ बस्नु भनेका विदेशबाट फर्किएकाहरु गाउँ डुलिरहेका छन् । उनीहरुलाई चिकित्सिकको प्रत्यक्ष निगरानीमा नराख्दा स्थानीय त्रसित बनेका हुन् ।

आइतबार पनौती नगरपालिका वडा नम्बर १२ भुमिडाँडा, मगरगाउँकी मधुमाया तामाङलाई धुलिखेल अस्पताल पुर्याउन साथ डाक्टरहरुले मृत घोषण गरे । भलै उनको स्वाब परिक्षणको रिपोर्ट आइसकेको छैन । तर मृतककी छोरी यहि चैत ३ गते कतारबाट आइपुगेकी थिइन् ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ९ : १० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक