लिखेल २३ चैत : धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ कलाती भूमिडाँडा, मगरगाउँकी मधुमाया तामाङको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले तामाङकाे मृत्यु भएकाे पुष्टि गर्दै काेराेना भाइरसले हाे वा हाेइन भन्ने बारे स्वाबकाे परिक्षण रिर्पाेट आएपछि मात्रै बन्न सकिने बताए ।
मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन् । आमाको मृत्युपछि छोरी सहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा धुलिखेल स्थित सञ्जीवनीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै एम्बुलेन्स चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा राखिएका सबैको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । वडाध्यक्ष ईश्वर जंगमका अनुसार सुकुमाया भने गाउँमा एकदिन मात्रै बसेर काठमाण्डौ गएकी थिइन् । मृतकको शव धुलिखेल अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया