२०८३, ३० भाद्र बुधबार

पनौती–८ का वडासदस्य शोभाले गरिन फूड बैंकमा खाद्यान्न सहयोग

पनौती–८ का वडासदस्य शोभाले गरिन फूड बैंकमा खाद्यान्न सहयोग


धुलिखेल, २३ चैतः पनौती नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शोभा कार्की फूड बैंकमा खाद्यन्न सहयोग गरेकी छन् । नगरपालिकाले कोरोना भाइरसको संक्रमणपछि राहत ब्यवस्थापनका लागि सञ्चालनमा ल्याएको फूड बैंकमा कार्कीले आइतबार सहयोग गरेकी हुन् ।

कार्कीले ५० बोरा चालम, २० बोरा चिउरा र ४ बोरा नुन सहयोग गरेको फूड बैंक ब्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार वडा सदस्य कार्कीले गरेको सहयोग हालसम्मकै धेरै हो ।

आइतबार नै बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २० चालम र २ बोरा चिनी, धनध्वज तामाङले ५ बोरा दाल, विवेक विक्रम राणाले ५ बोरा आलु उपलब्ध गराएको बरिष्ठ प्रशासकीय अधिकृत समेत रहनुभएका फूड बैंक ब्यवस्थापन समितिका संयोजक अधिकारीले बताए ।

दिउँसोसम्म १६ जना ब्यक्ति तथा संघसंस्थाले फूड बैंकमा सहयोग गरेका छन् । पालिकाले बिहीबारदेखि फूड बैंक सञ्चालनमा ल्याएको हो । नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न १३० घरधुरी परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइसकेको नगरप्रमुख भिमप्रसाद न्यौपानेले बताए । पालिकाले राहत वितरणको मापदण्ड समेत तयार गरेको छ । राहत प्याकेजमा १७ प्रकारका दैनिक उपभोग्य चिज उपलब्ध गराइएको नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ३ : ०५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक