धुलिखेल २३ चैत : काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आईतबारबाट परीक्षण शुरु भएको छ । आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईबतर र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । उनका अनुसार दैनिक ९० जनासम्मकाे परीक्षण गर्न सकिने गरी प्रयाेगशाला स्थापना गरिएकाे हाे ।
धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमान ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताए । प्रवक्ता ताम्राकारका अनुसार प्रर्याप्त परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ ।
प्रतिक्रिया