२०८१, २ चैत्र आईतबार

औषधि पत्ता लागेको छैन, कसरी भइरहेको छ कोरोनाको उपचार ?

औषधि पत्ता लागेको छैन, कसरी भइरहेको छ कोरोनाको उपचार ?


काठमाडौं, २३ चैत: चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको साढे दुई महिना पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा परीक्षण गर्दा ९ माघमै ती विद्यार्थीमा कोरोना पोेजेटिभ देखिएको थियो ।

नेपालभित्र देखिएका पहिलो संक्रमित निको भइसकेका छन् । उनीजस्तै विश्वभरि दुई लाख ३६ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

डब्लुएचओका अनुसार २०० भन्दा बढी देशमा पुगेको कोरोनाबाट ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । संक्रमितको संख्या ११ लाख नाघेको छ । नेपालमा कुल संक्रमित संख्या ९ पुगेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाको औषधि अझैसम्म पत्ता लाग्न सकेको छैन । औषधि पत्ता नलागेको रोगका विरामी कसरी निको हुन्छ त ?

‘अहिलेसम्मको तथ्यांक हेर्दा ८० प्रतिशतभन्दा बढी केसमा बिरामीकै रोग प्रतिरोधात्मक क्षमताका कारण निको भएको देखिन्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा.शेरबहादुर पुन भन्छन्, ।

उनका अनुसार सामान्तया १५-२० प्रतिशत बिरामीलाई मात्रै उपचारको आवश्यकता पर्छ । आइसीयु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको संख्या त झन पाँच प्रतिशतभन्दा पनि सानो हुने जानकारहरू बताउँछन् ।

कसरी हुन्छ उपचार ?

विभिन्न देशको निरन्तर प्रयासका बाबजुद कोभिड-१९ महामारीको औषधि पत्ता लाग्न सकेको छैन । अहिलेसम्मको आँकडा हेर्दा प्रत्येक १०० मध्ये ९५ जना बिरामी निको भइरहेका छन् । डब्लुएचओले त झन कुल संक्रमित मध्ये ३.४ प्रतिशतको मात्रै मृत्यु हुने प्रक्षेपण गरेको छ ।

चिकित्सकहरूका अनुसार बिरामीलाई स्ट्यान्डर्ड प्रोटोकलका आधारमा औषधि दिने गरिन्छ । ‘बिरामीमा देखिएको लक्षणको आधारमा औषधि प्रयोग गरिन्छ’ डा. पुन भन्छन् । उदाहरणका लागि बिरामीमा निमोनियाको लक्षण छ भने एन्टी बायोटिक्स दिइन्छ । रोगको लक्षणअनुसार एन्टी-भाइरल वा एन्टी-बायोटिक्स दिने गरिएको डा. पुनले जानकारी दिए ।

भारतको जयपुरस्थित एक अस्पतालले भने एचआइभी एड्समा प्रयोग गर्ने औषधि प्रयोग गरिएका तीनजना निको भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि २-४ वटा संक्रमितलाई निको पार्दैमा त्यसले औषधिको मान्यता भने नपाउने चिकित्सकहरू बताउँछन् ।

छैन हाम्रो ‘गाइड-लाइन’

कतिपय देशले विरामीलाई सार्सका बेला प्रयोग गर्ने औषधि पनि दिने गरेका छन् । कतिपय अस्पतालले आ-आफ्नै ढंगले प्रोटोकल बनाएर उपचार गरेको देखिन्छ ।

तर, एउटा देशमा काम लागेको ‘गाइड-लाइन’ अर्को देशमा काम नलाग्न पनि सक्छ । उदाहरणका लागि चीनमा उपयोगी प्रोटोकल अमेरिकामा काम नलाग्न सक्छ । नेपालले भने कस्तो लक्षणमा कुन औषधि प्रयोग गर्ने भन्ने गाइडलाइन बनाएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन देशभरि गाइड-लाइन हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुने बताउँछन् ।

काठमाडौं उपत्यका बाहिरसमेत कोरोनाको नमूना परीक्षण गर्ने ल्याब बनिसकेको सन्दर्भमा देशभरि काम लाग्ने स्ट्यान्डर्ड प्रोटोकल बनाउनुपर्ने देखिन्छ । राष्ट्रियस्तरको मापदण्ड हुँदा महामारी फैलिइहाल्यो भने काठमाडौं बाहिरका अस्पताललाई पनि काम गर्न सजिलो हुने जानकारहरू बताउँछन् ।

अनलाइ खबरबाट

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ८ : ०६ बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी