२०८३, १० भाद्र बिहीबार

अहिलेसम्म कोरोनाबाट ५९ हजार १४१ मृत्यु ११ लाख हाराहारी संक्रमित

अहिलेसम्म कोरोनाबाट ५९ हजार १४१ मृत्यु ११ लाख हाराहारी संक्रमित


काठमाडौं २२ चैत :  कोरोना भाइरसको संक्रमणबबाट विश्वमा मृत्यु हुनेको संख्या ५९ हजार १४१ पुगेको छ । संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले जनाएको छ ।

कोरोनाबाट शुक्रबार मात्र पाँच हजार ९७३ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण एकै दिन ज्यान गएको यो सबैभन्दा धेरै हो । शुक्रबार कोरोनाका ८२ हजार ७४५ जना नयाँ संक्रमित देखिएका छन् ।

शनिबार बिहान ७ बजेसम्ममा दुई लाख ८७ हजार ५४५ जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा शुक्रबार कोरोना संक्रमणबाट एक हजार ३२० जनाको ज्यान गएको छ । ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या दुई लाख ७६ हजार ९६५ पुगेको छ । संक्रमणबाट सात हजार ३९१ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि शुक्रबार फ्रान्समा धेरैको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन एक हजार १२० जनाको मृत्यु भएको छ । पाँच हजार २३३ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा अहिलेसम्म मृतकको संख्या ६ हजार ५०७ र संक्रमितको संख्या ६४ हजार ३३८ पुगेको छ ।

यस्तै स्पेनमा हिजो शुक्रबार ८५० जनाको कोरोनाबाट ज्यान गएको छ । त्यहाँ मृतकको संख्या ११ हजार १९८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १९ हजार १९९ पुगेको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढी इटालीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ ।

त्यहाँ शुक्रबार ७६६ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ५८५ जना नयाँ संक्रमित थपिएका छन् । इटालीमा अहिलेसम्म संक्रमितको संख्या एक लाख १९ हजार ८२७ पुगेको छ ।

ब्रिटेनमा शुक्रबार ६८४ जनाको मृत्यु भएको छ । शुक्रबार त्यहाँ चार हजार चार सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ ज्यान गुमाउनेको संख्या तीन हजार ६ सय र संक्रमितको संख्या ३८ हजार नाघेको छ ।

त्यसैगरी शुक्रबार जर्मनीमा १६८, इरानमा १३४, बेल्जियममा १३२, नेदरल्यान्डमा १४८, टर्कीमा ६९, स्वीटजरल्यान्डमा ५५, क्यानाडामा ३५, ब्राजिलमा ३९, पोर्चुगलमा ३७, स्वीडेनमा ५०, इक्वेडरमा २५, आएरल्यान्डमा २२, फिलिपिन्समा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ र संक्रमितको संख्या दुई हजार ५६७ पुगेको छ ।

चीनमा शुक्रबार कोरोनाबाट चार जनाको मृत्यु भएको छ भने ३१ जना नयाँ संक्रमित थपिएको छन् । चीनमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३२२ पुगेको छ । एजेन्सी

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  ८ : ४५ बजे

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण