काठमाडौं २२ चैत : सरकारले शनिबार स्वास्थ्य सामग्री तथा उपकरणका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ। चीनबाट जीटु-जी (दुई सरकारबीचको सम्झौता) मार्फत समान ल्याउने विकल्प खुल्लै रहेको (कोभिड-१९) क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) मा समेत रहेका एक मन्त्रीले बताए ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन छानिएको ओम्नी इन्टरनेसनलले समयमा सामान ल्याउन नसकेको र अनियमितता गरेको भन्दै यो समूहसँगको सम्झौता सरकारले बुधबार रद्द गरेको थियो । सम्झौता रद्द गरे पनि अरू विकल्पबारे सरकारले अझै निर्णय गर्न सकिरहेको छैन ।
प्रतिक्रिया