२०८३, १९ श्रावण बुधबार

पनौतिको फूड बैंकमा सहयोग आउने क्रम जारी

पनौतिको फूड बैंकमा सहयोग आउने क्रम जारी


धुलिखेल, २१ चैतः पनौति नगरपालिकाले सञ्चालनमा ल्याएको फूड बैंकमा सहयोग आउने क्रम बढेको छ । शुक्रबार बागमति टिपर ब्यवसायी संघले ३४ बोरो चालम सहयोग गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै आत्मा ज्ञान प्रचारक संघ काभ्रेले वडा नम्बर ६ मा बाड्ने गरी ३० घरपरिवारलाई पहिलो नम्बरको राहत प्याकेज (४ जना भन्दा कम परिवार संख्या) उपलब्ध गराएको छ । यसैबीच नगरपालिकाले अतिविपन्न १३० घर परिवारका लागि भोली राहत वितरण गर्ने भएको छ । नगरपालिका आफैले खरिद गरेर राहत वितरण गर्न लागेको हो ।

वडा नम्बर ७ मा २० र बाँकी रहेका वडामा १०÷१० वटा राहत प्याकेज उपलब्ध गराइने फूड बैंक ब्यवस्थापन समितिका संयोजक समेत रहनुभएका वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए । नगरपालिकाभित्र १२ वटा वडा रहेका छन् ।

नगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले १७ प्रकारको खाद्यान्न राहत प्याकेजमा समावेश गरेर वितरण गर्ने निर्णय गरेको थियो । सोहि अनुसार नगरपालिकाले राहत खरिद गरिसकेको र शनिबारबाट सबै वडामा पुर्याउन सबै तयारी सकिएको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  ६ : ४८ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ