२०८३, २३ आश्विन शनिबार

पनौती नगरपालिकालाई अखिलको सहयोग

पनौती नगरपालिकालाई अखिलको सहयोग


धुलिखेल २० चैत  : नेकपा निकट विद्यार्थी संगठन अखिल काभ्रेले पनौती नगरपालिकालाई सहयोग गरिएको छ ।  क्वारेन्टाइन बस्ने र लकडाउनको बेला समस्यामा परेका मजदुर गरिव परिवारलाई वितरणका लागि नगरले स्थापना गरेको (फुड बैंक) लाई खाद्य सामग्री सहयोग गरिएको हो ।

पनौती नगरपालिकाले बुधबार स्थापना गरेको (फुड बैंक) मार्फत १७ प्रकारको दैनिक उपभोग्य सामाग्री प्रत्येक वडामा अति बिपन्न १० घरधुरीलाई दिने निर्णय गरेको थियो । अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले पनौती नगरपालिकाले स्थापना गरेको(खाद्य भण्डार) प्रमुख तथा नगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई सहयोग हस्तान्तरण गरेको अखिल काभ्रेले जनाएको छ । सहयोग हस्तनन्तरण गदै अध्यक्ष शर्माले विपदको बेला अखिल जनताको घरदैलो पुग्ने गरेको बताए ।

संकलित खाद्य सामग्री बुधबार पनौती नगरपालिकाले वडा नं १ मा वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, वडा नं १ अध्यक्ष गुणनाथ सापकोटा, नेकपा नेता रामचन्द्र सापकोटा, अनेरास्ववियू काभ्रे अध्यक्ष उपेन्द्र शर्मा, अनेरास्ववियू जिल्ला नेताहरु लगायत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ११ : ३४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य