२०८३, ९ भाद्र बुधबार

तेमालमा सर्वदलिय बैठक (यस्ता छन् निर्णय)

तेमालमा सर्वदलिय बैठक (यस्ता छन् निर्णय)


धुलिखेल, २० चैतः काभ्रेको तेमाल गाउँपालिकामा कोरोना भाइरस विरुद्धको अभियान घर–घरमा सञ्चालन गर्न सबै दल सहमत भएका छन् । बिहिबार पालिकामा भएको सर्वदलिय बैठकमा सबैदलका प्रमुख र प्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका हुन् ।

बैठकमा तेमाल गाउँपालिकामा क्रियाशिल नेपाली काँग्रेसका तेमाल गाउँपालिका सभापति तिमाल सिं तामाङ, नेपाल कम्युनिष्ट पार्टीबाट जेनिश लामा, डि.एम लामा र इन्द्रमान तामाङ र समाजवादी पार्टी नेपाल तेमाल गाउँपालिका प्रमुख स्त्रीमया तामाङ सहभागि भएका थिए । बैठकले लकडाउनलाई पूर्णरुपले कार्यान्वयन गराउन सबै पार्टी एकमत भएका छन् ।

त्यस्तै वडाध्यक्षको संयोजकत्वमा वडा समिति रहने गरी एक सर्वदलिय समिति बनाई कोरोना भाइरस विरुद्धको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विदेशबाट आएका ब्यक्तिहरुको थप पहिचान गरी विवरण संकलन गरी तत्कालन गाउँपालिकामा पठाउने पनि निर्णय गरेको योजना शाखा प्रमुख राजकुमार तामाङले जानकारी दिए ।
सवैदलिय बैठकले लकडाउनसँगै विभिन्न उद्योग, कलकारखाना, निर्माण कम्पनी समेत बन्द भएको अवस्थामा दैनिक ज्यालामजदुरी गरी गुजारा चलाईरहेका परिवालाई आवश्यकता अनुसार राहत उपलब्ध गराउन वडामा रहेको सर्वदलिय समितिले परिचान गरी सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी तेमालमा स्थायी घर भइ अन्य ठाउँमा अलपत्र परेकामा तत्काल गाउँपालिकाले उद्दारका समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ७ : ४६ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा