२०८३, ३० भाद्र बुधबार

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०६ जना नियन्त्रण

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०६ जना नियन्त्रण


धुलिखेल, २० फागुनः काभ्रे प्रहरीले बिहिबार पनि लकडाउन उल्लंघन गर्दै हिड्नेलाई पक्राउ गरेको छ । जिल्लाभर १०६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

सबै भन्दा बढी इलाका प्रहरी कार्यालय बनेपाले ७९ जनालाई नियन्त्रणमा लिएको छ । बनेपाबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।

जिल्लाभर १२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यसअघि मंगलबार जिल्लाभर १ सय ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त दिन प्रहरीले बनेपाबाट मात्रै १ सय २२ जना नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको सबैलाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनका बेला ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे करिब ३ घण्टासम्म राखेर अब देखि अनावश्यक रुपमा हिड्डुल नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ६ : ३९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक