२०८३, ९ भाद्र बुधबार

हेलम्बु गाउँपालिका अध्यक्ष ह्योल्मो विदेशबाट फर्किएकाको घर–घरमा

हेलम्बु गाउँपालिका अध्यक्ष ह्योल्मो विदेशबाट फर्किएकाको घर–घरमा


धुलिखेल, २० चैतः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट आएकाको घर घर पुग्न थालेका छन् । पछिल्लो समय नेपालमा विदेशबाट आएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँ गाउँमा त्रास फैलिएको छ ।

स्थानीयको त्रास मेटाउन पालिका अध्यक्ष ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट फर्किएकाको घरमै पुग्न थालेका हुन् । घर घरै पुरेर स्वास्थ्य कर्मीले ज्वरो नाप्ने, घरमै सुरक्षित साथ बस्ने, समस्या आइहाल्यो भने स्वास्थ्य संस्थामा जाने, नजिकको स्वास्थ्य कर्मीको फोन बताउने जस्ता काम गर्दै आएका छन् ।

स्थानीयले फोन मार्फत पालिका अध्यक्षलाई समस्या सुनाउँछन् । लगत्तै अध्यक्ष स्वास्थ्य कर्मीको टोली सहित गाउँमा पुग्छन् । ‘यो हुल जम्मा गर्ने बेला होइन्, त्यहि भएर स्थानीयको घर–घरमै पुग्ने गरेर स्थानीयमा देखिएको त्रास कम गराउने प्रयास गरिरहेको छु, पालिकाध्यक्ष ह्योल्मोले भने ‘यो महाविपद्को बेला घरमै बसेर सबैले सहयोग गरिरहनुभएको छ, विदेशबाट फर्किएका दाजुभाइ, दिदी बहिनीका स्वास्थ्य परीक्षण गराउनु हाम्रो दायित्व हो ।’

हेलम्बु गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जुन गाउँबाट गुनासो आउँछ । त्यहि ठाउँमा पालिका अध्यक्ष आफै पुग्छन् । ‘विदेशबाट जति पनि हेलम्बु गाउँपालिकाभित्र फागुन देखि यता आइपुग्नुभएको छ, उहाँहरु सबैलाई हाम्रो सम्पर्कमा आउन भनेका छौँ, पालिका अध्यक्ष ह्योल्मोले भने ‘यो महामारीमा तपाई हामी सबै मिलेर लड्यो भने पक्कै पनि परास्त गर्न सक्छौँ, स्वथ्य समाज निर्माण गर्न सक्छाँै ।’

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ९ : २२ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा