२०८२, २५ कार्तिक सोमबार

हेलम्बु गाउँपालिका अध्यक्ष ह्योल्मो विदेशबाट फर्किएकाको घर–घरमा

हेलम्बु गाउँपालिका अध्यक्ष ह्योल्मो विदेशबाट फर्किएकाको घर–घरमा


धुलिखेल, २० चैतः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट आएकाको घर घर पुग्न थालेका छन् । पछिल्लो समय नेपालमा विदेशबाट आएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँ गाउँमा त्रास फैलिएको छ ।

स्थानीयको त्रास मेटाउन पालिका अध्यक्ष ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट फर्किएकाको घरमै पुग्न थालेका हुन् । घर घरै पुरेर स्वास्थ्य कर्मीले ज्वरो नाप्ने, घरमै सुरक्षित साथ बस्ने, समस्या आइहाल्यो भने स्वास्थ्य संस्थामा जाने, नजिकको स्वास्थ्य कर्मीको फोन बताउने जस्ता काम गर्दै आएका छन् ।

स्थानीयले फोन मार्फत पालिका अध्यक्षलाई समस्या सुनाउँछन् । लगत्तै अध्यक्ष स्वास्थ्य कर्मीको टोली सहित गाउँमा पुग्छन् । ‘यो हुल जम्मा गर्ने बेला होइन्, त्यहि भएर स्थानीयको घर–घरमै पुग्ने गरेर स्थानीयमा देखिएको त्रास कम गराउने प्रयास गरिरहेको छु, पालिकाध्यक्ष ह्योल्मोले भने ‘यो महाविपद्को बेला घरमै बसेर सबैले सहयोग गरिरहनुभएको छ, विदेशबाट फर्किएका दाजुभाइ, दिदी बहिनीका स्वास्थ्य परीक्षण गराउनु हाम्रो दायित्व हो ।’

हेलम्बु गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जुन गाउँबाट गुनासो आउँछ । त्यहि ठाउँमा पालिका अध्यक्ष आफै पुग्छन् । ‘विदेशबाट जति पनि हेलम्बु गाउँपालिकाभित्र फागुन देखि यता आइपुग्नुभएको छ, उहाँहरु सबैलाई हाम्रो सम्पर्कमा आउन भनेका छौँ, पालिका अध्यक्ष ह्योल्मोले भने ‘यो महामारीमा तपाई हामी सबै मिलेर लड्यो भने पक्कै पनि परास्त गर्न सक्छौँ, स्वथ्य समाज निर्माण गर्न सक्छाँै ।’

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ९ : २२ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।