२०८२, २५ कार्तिक सोमबार

बुडोल क्वारेन्टाइनका लागि तीन अस्पतालको सहयोग

बुडोल क्वारेन्टाइनका लागि तीन अस्पतालको सहयोग


धुलिखेल, १९ चैतः बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा सञ्चालन गर्न गरिएको क्वारेन्टाइनका लागि जिल्लाका तीन अस्पतालले सहयोग गरेका छन् । बुधबार नेपाल रेडक्रस सोइटी काभ्रे मार्फत अपाङ बाल अस्पतालले ५ वटा बेड सहयोग गरेको छ ।

त्यस्तै बनेपाको शीर मेमोरियल अस्पतालले ४ वटा हाइड्रोलिक वेड सहयोग गरेको रेडक्रसका सभापति रघुबर चौ प्रधानले जानकारी दिए । यसैगरी भैसीपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पताले एउटा वेड सहयोग गरेको छ । शीर मेमोरियलले सिरक, डस्ना, तन्ना सहितको वेड सहयोग गरेको हो । शीर मेमोरियल अस्पतालले कोरोनाको महामारी अवधिभर क्वारेन्टाइनमा राख्ने र त्यसपछि रेडक्रसलाई हस्तान्तरण गर्ने गरी एउटा एम्बुलेन्स समेत उपलब्ध गराएको छ ।

रेडक्रसको बुडोल तालिम केन्द्रमा ६५ वेडको क्वारेन्टाइन बनेपा नगरपालिकाले सञ्चालन गर्दैछ । क्वारेन्टाइनको ब्यवपकीय जिम्मा पाएको रेडक्रस काभ्रेले बाँकी वेडहरु भने तयार भइसकेको बताएको छ । ‘हामीलाई १० वटा वेड अपुग थियो, सभापति प्रधानले भने ‘त्यो पनि सहयोग प्राप्त भयो, अब क्वारेन्टाइनमा बस्नेका लागि खाना कहाँ बनाउने भन्ने ठाउँको ब्यवस्थाप गर्न मात्रै बाँकी छ ।’

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ४ : ४९ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।