काठमाडौं १९ चैत : सरकारले कोरोना प्रभावितलाई राहात घोषणा गरेकोे छ । कोरोनाको सम्भावित संक्रमणको कारण उत्पन्न समस्यामा परेका श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनका लागि राहात घोषणा गरिएको हो ।
सरकारले यस्ता किसिमको राहात स्थानीय सरकारबाट गराउने भएका छन् । यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आइतबार ‘राहतसम्बन्धी मापदण्ड’ स्वीकृत गरेको छ । स्वीकृत भएको मापदण्ड अनुसार असंगठित क्षेत्रका श्रमिक भन्नाले दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक, कामदार र मजदुरलाई परिभाषित गरिएको छ ।
असहायका रुपमा कसैको लालनपालनमा नरही, आवासविहीन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धारुममा बस्ने मानिसलाई तोकिएको छ ।
प्रतिक्रिया