२०८२, २५ कार्तिक सोमबार

भट्टी पसलमा पाँचखालका मेयर खरेलको छड्के

भट्टी पसलमा पाँचखालका मेयर खरेलको छड्के


धुलिखेल, १९ चैतः लकडाउनका बेला भट्टी पसलमा मानिसहरुको भिड लागेको गुनासो आएपछि पाँचखालका मेयर महेश खरेलले छड्के अनुगमन गरेका छन् । उनले मंगलबार साँझ तीनपिप्ले, तामाघाट, समाजकल्याण चोक, लामिडाँडा र जिरोकिलो क्षेत्रको बजार अनुगमन गरेका हुन् ।

बजार अनुगमनका क्रममा भट्टी पसलहरु निर्वाध रुपमा खुलेको देखेपछि मेयर खरेलले तत्काल बन्द गराएका छन् । पुनः दोहोर्याएर पसल खोले सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । लकडाउनको अर्थ नबुझि भट्टी पसल खोलेर हुलहुज्जत गरेपछि मेयर खरेल आफै अनुगमनमा निस्केका हुन् । ‘यो महामारीका बेला रमाइलो गर्ने समय होइन, मेयर खरेलले भने ‘आफ्नै घरभित्र बस्ने, सुरक्षित रहने, तर अहिले त्यस्तो देखिएन, त्यसैले कडाइ गर्न आफै निस्किए ।’

मेयर खरेलले भट्टी पसल खोलेको जानकारी आउन साथ तत्काल एक्सन लिन सुरक्षा निकायलाई अनुरोध समेत गरेका छन् । ‘अत्यावश्यक चिजको पसल निश्चित दुरी कायम गरेर खोल्न भनेका हौँ, सुर्ती र मदिरा जन्य वस्तु अत्यावश्यक चिज भित्र पर्दैन, मेयर खरेलले भने ‘अब देखि खोलेको भेटिए सञ्चालक समेत पक्राउ पर्छन् ।’

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  १० : ०७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य