२०८३, १९ श्रावण बुधबार

भट्टी पसलमा पाँचखालका मेयर खरेलको छड्के

भट्टी पसलमा पाँचखालका मेयर खरेलको छड्के


धुलिखेल, १९ चैतः लकडाउनका बेला भट्टी पसलमा मानिसहरुको भिड लागेको गुनासो आएपछि पाँचखालका मेयर महेश खरेलले छड्के अनुगमन गरेका छन् । उनले मंगलबार साँझ तीनपिप्ले, तामाघाट, समाजकल्याण चोक, लामिडाँडा र जिरोकिलो क्षेत्रको बजार अनुगमन गरेका हुन् ।

बजार अनुगमनका क्रममा भट्टी पसलहरु निर्वाध रुपमा खुलेको देखेपछि मेयर खरेलले तत्काल बन्द गराएका छन् । पुनः दोहोर्याएर पसल खोले सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । लकडाउनको अर्थ नबुझि भट्टी पसल खोलेर हुलहुज्जत गरेपछि मेयर खरेल आफै अनुगमनमा निस्केका हुन् । ‘यो महामारीका बेला रमाइलो गर्ने समय होइन, मेयर खरेलले भने ‘आफ्नै घरभित्र बस्ने, सुरक्षित रहने, तर अहिले त्यस्तो देखिएन, त्यसैले कडाइ गर्न आफै निस्किए ।’

मेयर खरेलले भट्टी पसल खोलेको जानकारी आउन साथ तत्काल एक्सन लिन सुरक्षा निकायलाई अनुरोध समेत गरेका छन् । ‘अत्यावश्यक चिजको पसल निश्चित दुरी कायम गरेर खोल्न भनेका हौँ, सुर्ती र मदिरा जन्य वस्तु अत्यावश्यक चिज भित्र पर्दैन, मेयर खरेलले भने ‘अब देखि खोलेको भेटिए सञ्चालक समेत पक्राउ पर्छन् ।’

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  १० : ०७ बजे

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका