२०८३, २३ आश्विन शनिबार

पूर्व मन्त्री बास्कोटाले गरे ३४ मजदुरको उद्धार

पूर्व मन्त्री बास्कोटाले गरे ३४ मजदुरको उद्धार


धुलिखेल, १९ चैतः पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ३४ जना मजदुरको उद्धार गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ घर भइ हाल धादिङको इट्टा भट्टमा अलपत्र परेका ३४ मजदुरको उद्धार गरेका हुन् । पूर्व मन्त्री बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत अलपत्र परेको मजदुरको उद्धार गरी घरसम्म पुर्याउन सहयोग गरेको बताएका छन् ।

बुधबार बिहान गाउँ पुगेको उनीहरुलाई ज्वरो जाँच गरेर दुई हप्तासम्म आफ्नै घरमा बस्न र बाहिर अनावश्यक रुपमा हिड्डुल नगर्न आग्रह गरिएको वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । नगरपालिकाका स्वास्थ्यकर्मी लगेर वडाध्यक्ष खतिवडाले उद्धार गरिएका सबै मदजुरको ज्वरो जाँच गराएका हुन् । स्वास्थ्यकर्मीहरुले सबै मजदुरको अवस्था ठीक रहेको बताएका वडाध्यक्ष खतिवडाले जानकारी दिए ।

३४ जना मजदुर परिवार सहित धादिङको धार्के स्थित टायल घर बि.बि.इट्टा भट्टमा काम गर्दै आएका थिए । लकडाउन पनि उनीहरु अलपत्र परेका थिए ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ९ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य