२०८३, २१ आश्विन बिहीबार

पाँचखालमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु

पाँचखालमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु


धुलिखेल, १८ चैतः पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि संक्रमण नियन्त्रक औषधि छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार क्षेत्रमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए ।

डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालले बिशेष सहयोग गरेको थियो । मानिसको भिड हुने र दम्कल जाने सबै ठाउँमा स्प्रे गरिने नगरप्रमुख खरेलले बताए ।

डिसइन्फेक्टेन्ट स्प्रे छर्कने कार्यक्रममा नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ट बहादुर तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी लगायत सरोकारवाला उपस्थिति भएका थिए ।

जिल्ला स्तरीय कोभिड–१९ विपद् ब्यवस्थापन समितिको १४ चैतमा बसेको बैठकले जिल्ला १३ वटै स्थानीयले आ–आफ्नो क्षेत्रभित्र अनिवार्य रुपमा क्लोरिन र ब्लिचङ्ग पाउडर सहितको डिसइन्फेक्टेन्ट स्प्रे छर्कने निर्देशन दिएको थियो ।

जिल्लाकाे धुलिखेल, बनेपा र पनाैती नगरपालिकाले पनि डिसइन्फेक्टेन्ट स्प्रे छर्केका थिए ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ४ : १० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी