२०८३, १९ श्रावण बुधबार

पनौती र रोशीले तयार पारे विदेशबाट आउनेको विवरण

पनौती र रोशीले तयार पारे विदेशबाट आउनेको विवरण


धुलिखेल, १८ चैतः काभ्रे जिल्लाका दुई स्थानीय तहले विदेशबाट आफ्नो स्थानीय तहमा आइपुगेकाहरुको विवरण तयार पारेका छन् । पनौती नगरपालिका र रोशी गाउँपालिकाले विदेशबाट फर्केहरुका नागरिकको तथ्याङ्क संकलन गरेको हो ।

फागुन १५ देखि चैत १७ गतेसम्म ९५ जना नागरिक विभिन्न देशबाट पनौती नगरपालिकामा आइपुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सबैभन्दा बढी वडा नम्बर १२ का २३ जना विदेशबाट नागरिक आइपुगेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ४ मा १४ जना, ११ मा १२ जना र १० नम्बर वडामा १० जना नागरिक विदेशबाट आएका छन् ।
त्यस्तै रोशी गाउँपालिकामा एक महिनाको बिचमा १२ जना विदेशबाट आएका छन् । गाउँपालिकाले संकलन गरेको तथ्याङ्क अनुसार मलेसियाबाट ३ जना, दुबई र कतारबाट २/२ जना, अमेरिका र इराकबाट १/१ जना, जापान र माल्टाबाट १/१ जना आएको स्वास्थ्य शाखाका दिल रत्न शाक्यले बताए ।

नगरपालिका र रोशी गाउँपालिकाका स्वास्थ्य शाखाले विदेशबाट फर्किएका नागरिकलाई निगरानीमा राखेका छन् । घरभित्रै सुरक्षित बस्न र कुनै किसिमको स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ८ : २० बजे

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका