२०८१, ३ चैत्र सोमबार

पूर्व मन्त्री बस्नेतको कामः लकडाउन तोड्ने, गाउँ-गाउँमा भिड जम्मा गर्ने

पूर्व मन्त्री बस्नेतको कामः लकडाउन तोड्ने, गाउँ-गाउँमा भिड जम्मा गर्ने


धुलिखेल, १७ चैतः झट्टा हेर्दा उनले गरेको काम नराम्रो होइन । तर उनले अहिले जे गरिरहेका छन् । त्यो भने बिलकुलै बेठिक हो भन्नलाई कुनै संकोच मान्नुपर्दैन । स्वास्थ्य राज्य मन्त्री हुदैँ सूचना तथा सञ्चार मन्त्रीको समेत जिम्मेवार सम्हालिसकेका सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेतको हिजो आज चुरीपुरी गाउँ गाउँमा बढेको छ ।

जबकी नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मानिस जम्मा गरेर कुनै पनि कार्यक्रम नगर्न भनेको छ । तर बस्नेतले न त सरकारलाई टेरे, न त जिल्ला प्रशासन कार्यालयलाई नै । सरकारले लकडाउन घोषण गरेको समेत हप्ता दिन पुग्नै लागिसकेको छ । तर पूर्व मन्त्री बस्नेत भने गाउँ गाउँ पुगेर राहत बाड्ने नाटक मञ्चन गरिरहेका छन् । त्यो पनि मान्छेको ठूलो संख्या जम्मा गरेर ।

यो बेला राहत बाडेर लोकप्रियता कमाउने समय होइन् । आम नागरिकलाई घरभित्रै बस्न आग्रह गर्ने र आफु पनि घर भित्रै बस्ने हो । तर पुर्व स्वास्थ्यमन्त्री समेत भइसकेका बस्नेतले घरभित्र बसेका मानिसलाई घर बाहिर बोलाउने र राहत बाड्ने गरिरहेका छन् । जुन स्वास्थ्यका हिसाबले उचित काम होइन् । राहत बाड्दा समेत कुनै दुरीको कायम नगरेको उनको तस्बिरबाटै प्रष्ट हुन्छ । यो बेला चामल, दाल होइन । मास्क, सेनिटाइजर, साबुनका आवश्यकता छ । तर बस्नेत आफु उच्च गुणस्तरको मास्क लगाउँछन्, गाउँलेलाई सस्तो मुल्यमा पाउने सर्जिकल मास्क समेत दिदैँन् ।

अहिलेको महाभारी २०७२ बैशाख १२ पछिको भुकम्प खालको होइन भन्ने समेत पूर्व मन्त्री बस्नेतले हेक्का राखेनन् । उनी आफ्नो कार्यकर्ताहरुको हल बाँधेर गाउँ पुग्छन् र मानिस भेला गरेर राहत बाड्छन् । उनले पछिल्लो पटक सुनकोशी गाउँपालिकामा पुगेर राहत बाड्ने नाटक मञ्चन गरे । अहिले राहत बाड्ने समय होइन भन्ने समेत कुराको ख्याल पूर्व मन्त्री बस्नेतले राखेनन् । स्थानीयले उनले गरेको क्रियाकलाप माथि औँला उठाए । सुनकोशी गाउँपकालिका नेपाली काँग्रेसले जीतेको पालिका समेत हो ।

जिल्ला जिल्ला विपद् ब्यवस्थापन समितिले एकद्वार प्रणली मार्फत राहत वितरण गर्ने निर्णय गरिसकेको छ । तर मन्त्री बस्नेत यो निर्णयलाई सत्याउँदै आफै केहि केजी चामल, चुन, दाल जस्ता खाद्यान्न लिएर पुग्ने गरेका छन् । सरकारको नीति विरुद्ध काम गर्ने स्थानीयलाई प्रहरीले देशका धेरै ठाउँमा कारबाही गर्ने गरेको छ । तर सिन्धुपाल्चोकमा बस्नेतलाई भने प्रशासनले अहिलेसम्म के त्यस्तो काम गरेको ? भनेर सोध्ने आट समेत गरेको पाइएको छैन ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ७ : ३२ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस