२०८१, ३ चैत्र सोमबार

मण्डनदेउपुर नगरपालिकामा भोलीदेखि मानिसको आवतजावतमा समेत रोक

मण्डनदेउपुर नगरपालिकामा भोलीदेखि मानिसको आवतजावतमा समेत रोक


धुलिखेल, १७ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलीदेखि नगरपालिका क्षेत्रबाट बाहिर नजान र बाहिरबाट नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरस एक अर्काबाट सर्न सक्ने भन्दै मानिसको आवतजावतमा लकडाउन अवधिभर रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।

अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न र सञ्चालन हुन पाउने छैनन् । अत्यावश्यक सामग्री बाहेक सबै किसिमका होटल, पसल, ब्यवसाय बन्द गर्न नगरपालिकाले भनेको छ । भोलीदेखि नगरपालिका क्षेत्रभित्र ५ जनाभन्दा बढी जमघट हुन पाउने छैनन । ‘अहिले सरकारले घोषणा गरेको लकडाउनलाई ब्यवहारिक रुपमा उतार्न र कोरोनाभाइरस मुक्त नगरपालिका बनाउन यो कठोर निर्णय गरिएको हो, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ‘यो हामी सबैको दायित्व हो, निर्देशन नमाने प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’
सहकारीहरुलाई दुध नभर्न र तरकारी आयात निर्यात नगर्न समेत नगरपालिकाले निर्देशन दिएको छ । बेच्नु परेपनि निश्चित दुरी कायम गर्न नगरपालिकाले भनेको छ । ‘यो सहरले गरिएको निर्णय होइन्, हामी आफै सचेत बन्यौ भने हाम्रै स्वास्थ्यको लागि हो, न्यौपानेले भने ‘हामीले अहिले गरेको सावधानीले छिट्टै सामान्यमा अवस्थामा फर्कन मद्दत पुग्नेछ ।’

नगरपालिकाले विदेशबाट आएका ब्यक्तिको जानकारी गराउन र कम्तिमा दुई हप्ता होम क्वारेन्टाइनमा बस्न र बनाउन सबैलाई आग्रह गरेको छ । नगरपालिकाको निर्णय सँगै जिरो किलो भएर सिन्धुपाल्चोकको मेलम्ची तर्फ जाने सम्पूर्ण कुनै पनि सवारी साधन चल्न पाउने छैनन् ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ४ : ३४ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस