२०८३, १९ श्रावण बुधबार

मण्डनदेउपुर नगरपालिकामा भोलीदेखि मानिसको आवतजावतमा समेत रोक

मण्डनदेउपुर नगरपालिकामा भोलीदेखि मानिसको आवतजावतमा समेत रोक


धुलिखेल, १७ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलीदेखि नगरपालिका क्षेत्रबाट बाहिर नजान र बाहिरबाट नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरस एक अर्काबाट सर्न सक्ने भन्दै मानिसको आवतजावतमा लकडाउन अवधिभर रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।

अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न र सञ्चालन हुन पाउने छैनन् । अत्यावश्यक सामग्री बाहेक सबै किसिमका होटल, पसल, ब्यवसाय बन्द गर्न नगरपालिकाले भनेको छ । भोलीदेखि नगरपालिका क्षेत्रभित्र ५ जनाभन्दा बढी जमघट हुन पाउने छैनन । ‘अहिले सरकारले घोषणा गरेको लकडाउनलाई ब्यवहारिक रुपमा उतार्न र कोरोनाभाइरस मुक्त नगरपालिका बनाउन यो कठोर निर्णय गरिएको हो, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ‘यो हामी सबैको दायित्व हो, निर्देशन नमाने प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’
सहकारीहरुलाई दुध नभर्न र तरकारी आयात निर्यात नगर्न समेत नगरपालिकाले निर्देशन दिएको छ । बेच्नु परेपनि निश्चित दुरी कायम गर्न नगरपालिकाले भनेको छ । ‘यो सहरले गरिएको निर्णय होइन्, हामी आफै सचेत बन्यौ भने हाम्रै स्वास्थ्यको लागि हो, न्यौपानेले भने ‘हामीले अहिले गरेको सावधानीले छिट्टै सामान्यमा अवस्थामा फर्कन मद्दत पुग्नेछ ।’

नगरपालिकाले विदेशबाट आएका ब्यक्तिको जानकारी गराउन र कम्तिमा दुई हप्ता होम क्वारेन्टाइनमा बस्न र बनाउन सबैलाई आग्रह गरेको छ । नगरपालिकाको निर्णय सँगै जिरो किलो भएर सिन्धुपाल्चोकको मेलम्ची तर्फ जाने सम्पूर्ण कुनै पनि सवारी साधन चल्न पाउने छैनन् ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ४ : ३४ बजे

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले