२०८३, ७ कार्तिक शनिबार

ईन्सेकको पहलमा कारागारमा औषधि वितरण

ईन्सेकको पहलमा कारागारमा औषधि वितरण


धुलिखेल १६ चैत: जिल्ला कारगार काभ्रेमा औषधि वितरण गरिएको छ । ईन्सेक काभ्रेको पहलमा राष्ट्रिय यूवा संगठन नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ल संयोजक बिक्रम चौलागाईले कारगार प्रमुख जेलर जङ्गबहादुर राइलाई  औषधि वितरण गरिएको हो ।

कारगारमा ओजिला ५ वट्टा, जोसट् (१००) २ वट्टा, क्लोनाज १ वट्टा, भल्परेन १ वट्टा, ट्रेड (२५) २ वट्टा डिटोल साबुन २४ पिस, ग्लाब्स ३० थान, सानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल औषधी वितरण गरेका छन् ।

शाहले इन्सेक अनलाइनमा‘धुलिखेल कारागारमा औषधि अभाव’ भन्ने समाचार पढेपछि औषधी सहयोग गर्ने भावना जागेको बताउनु भयो । औषधि हस्तान्तरण गर्दै शाहले आगामी दिनमा बन्दीहरुलाई आवश्यक औषधी सामाग्रीहरु समेत वितरण गर्ने बताउनुभयो ।

औषधी वितरण कार्यक्रममा सहभागि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भैरहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।

बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई  कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो । ‘यो एउटा सुधार गृह हो, यहाँ रहेका सबै बन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डो¥याउन हामी सबैले सहयोग गर्नुपर्छ, राईले भन्नुभयो ।’  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारबिक्रम थापा र यूवा संगठन नेपाल धुलिखेलका नेता सिवी लामाको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ६ : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना