२०८३, १० भाद्र बिहीबार

ईन्सेकको पहलमा कारागारमा औषधि वितरण

ईन्सेकको पहलमा कारागारमा औषधि वितरण


धुलिखेल १६ चैत: जिल्ला कारगार काभ्रेमा औषधि वितरण गरिएको छ । ईन्सेक काभ्रेको पहलमा राष्ट्रिय यूवा संगठन नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ल संयोजक बिक्रम चौलागाईले कारगार प्रमुख जेलर जङ्गबहादुर राइलाई  औषधि वितरण गरिएको हो ।

कारगारमा ओजिला ५ वट्टा, जोसट् (१००) २ वट्टा, क्लोनाज १ वट्टा, भल्परेन १ वट्टा, ट्रेड (२५) २ वट्टा डिटोल साबुन २४ पिस, ग्लाब्स ३० थान, सानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल औषधी वितरण गरेका छन् ।

शाहले इन्सेक अनलाइनमा‘धुलिखेल कारागारमा औषधि अभाव’ भन्ने समाचार पढेपछि औषधी सहयोग गर्ने भावना जागेको बताउनु भयो । औषधि हस्तान्तरण गर्दै शाहले आगामी दिनमा बन्दीहरुलाई आवश्यक औषधी सामाग्रीहरु समेत वितरण गर्ने बताउनुभयो ।

औषधी वितरण कार्यक्रममा सहभागि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भैरहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।

बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई  कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो । ‘यो एउटा सुधार गृह हो, यहाँ रहेका सबै बन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डो¥याउन हामी सबैले सहयोग गर्नुपर्छ, राईले भन्नुभयो ।’  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारबिक्रम थापा र यूवा संगठन नेपाल धुलिखेलका नेता सिवी लामाको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ६ : ४५ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि