२०८३, ९ भाद्र बुधबार

विपन्ना परिवारलाई वडाध्यक्ष लालबहादुरको खाद्यान्न सहयोग

विपन्ना परिवारलाई वडाध्यक्ष लालबहादुरको खाद्यान्न सहयोग


कञ्चनपुर, १६ चैत  :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गर्नुभएको छ ।

नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए ।

विपन्न परिवारको घर दैलोमै चामल पु¥याई वितरण गरिएको उहाँले बताउनुभयो । दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकामा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोकभोकै बस्नु परेको फगुनिया खुनाले बताउनुभयो ।

“मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चार दिनअघि नै सकियो । छिमेकीको सहयोगमा केही दिन खाना खान पायौँ । छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडाध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ”, उहाँले भन्नुभयो ।

बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ । मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन् सुरज जैरुले भन्नुभयो, “दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौँ ।” बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोबास रहेको छ ।  रासस 

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ८ : ०१ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा