२०८३, २९ भाद्र मंगलबार

काभ्रेकाे गाेकुलेधापमा ट्रक दुर्घटना, तीन जना घाइते

काभ्रेकाे गाेकुलेधापमा ट्रक दुर्घटना, तीन जना घाइते


धुलिखेल, १६ चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेधापमा ट्रक दुर्घटना हुदाँ तीन जान घाइते भएका छन् । रोशी गाउँपालिकाको जुगेपानी हुदैँ इट्टा भट्टमा काम गर्ने मजदुर लिएर गएको बा ३ ख ८८२६ नम्बरको ट्रक आइतबार पल्टिएको हो ।

ट्रकमा चालक सहित ८ जना सवार भइरहेको र ३ जना घाइते भएको बताइएको छ । भैरव मावि नजिकै दुर्घटना भएकाे हाे । घाइते हुनेमा धापकै बाबुलाल गोले र ज्ञानी माया गोले रहेको वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए । त्यस्तै खानी खोला गाउँपालिका वडा नम्बर ४ घर भएका बिर बहादुर घिसिङ घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको पास लिएर गएको ट्रक रोशी गाउँपालिकामा बिग्रिएपछि उक्त ट्रकमा सवार यात्रुहरु त्यहिको ट्रक रिजर्भ लिएर गएका थिए । दुर्घटनामा परेको ट्रकले पास नलिएको वडाध्यक्ष जिम्बाले बताए ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  १२ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक