२०८३, ७ कार्तिक शनिबार

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार


काठमाडौं १६ चैत  : कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।

एजेन्सी

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ११ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना