२०८२, ९ कार्तिक शनिबार

निगमको वाइडबडी विमान मार्फत चीनबाट मेडिकल सामग्री ल्याइयो

निगमको वाइडबडी विमान मार्फत चीनबाट मेडिकल सामग्री ल्याइयो


काठमाडौँ, १६ चैत  : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ ।

औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो । मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ । उक्त जहाज आज बिहान ५ः०० बजे काठमाडौँ आइपुगेको थियो । निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।

जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गर्नुभएको छ । उहाँले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताउनुभएको छ ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिनुभयो । एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ । रासस

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ११ : ११ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने