२०८३, ७ कार्तिक शनिबार

कोरोना असर : विश्वभर कण्डम अभाव

कोरोना असर : विश्वभर कण्डम अभाव


काठमाडौं १५ चैत विश्वमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर कण्डम अभाव भएको छ ।

मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी हो । विश्वका प्रत्येक पाँचमध्ये एक कण्डम यसै कम्पनीले निर्माण गर्दै आएको छ ।

हाल मलेसिया लकडाउन गरिएको छ । त्यहाँका सबै उद्योग तथा कम्पनी बन्द हुँदा बीएचडी कम्पनी पनि ठप्प छ । विश्वभरका कण्डम कम्पनी ठप्प हुँदा यतिबेला विश्वभर कण्डमको अभाव देखिएको छ ।

बीएचडी कम्पनी बन्द हुँदा हालसम्म १० करोड कण्डम निर्माणमा कमी आएको छ । बेलायतको कण्डम निर्माता कम्पनी डुरेक्स पनि हाल लकडाउनका कारण संचालनमा आएको छैन ।

शुक्रबारदेखि भने ५० प्रतिशत कामदार राखेर बीएचडीलाई कण्डम उत्पादनको अनुमति दिइएको छ । कारेक्स बीएचडीका कार्यकारी प्रमुख गो मिया केट भन्छन्, ‘आधा जनशक्तिले काम गर्दा हामीलाई बजारको माग पूर्ति गर्न समय लाग्छ ।’

‘विश्वभर अहिले कण्डमको अभाव देखिएको छ, जुन डरलाग्दो छ,’ उनले भने, ‘यो अभाव दुई साता वा एक महिना मात्रै हुने देखिँदैन, महिनौं हुनसक्छ ।’ मलेसियामा अप्रिल १४ सम्म लकडाउन गरिएको छ । त्यहाँ हालसम्म २१ सय ६१ जना कोरोनाबाट संक्रमित छन् भने २६ को मृत्यु भइसकेको छ ।

द गार्जियनबाट

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ६ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना