२०८३, १७ बैशाख शुक्रबार

कोरोना असर : विश्वभर कण्डम अभाव

कोरोना असर : विश्वभर कण्डम अभाव


काठमाडौं १५ चैत विश्वमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर कण्डम अभाव भएको छ ।

मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी हो । विश्वका प्रत्येक पाँचमध्ये एक कण्डम यसै कम्पनीले निर्माण गर्दै आएको छ ।

हाल मलेसिया लकडाउन गरिएको छ । त्यहाँका सबै उद्योग तथा कम्पनी बन्द हुँदा बीएचडी कम्पनी पनि ठप्प छ । विश्वभरका कण्डम कम्पनी ठप्प हुँदा यतिबेला विश्वभर कण्डमको अभाव देखिएको छ ।

बीएचडी कम्पनी बन्द हुँदा हालसम्म १० करोड कण्डम निर्माणमा कमी आएको छ । बेलायतको कण्डम निर्माता कम्पनी डुरेक्स पनि हाल लकडाउनका कारण संचालनमा आएको छैन ।

शुक्रबारदेखि भने ५० प्रतिशत कामदार राखेर बीएचडीलाई कण्डम उत्पादनको अनुमति दिइएको छ । कारेक्स बीएचडीका कार्यकारी प्रमुख गो मिया केट भन्छन्, ‘आधा जनशक्तिले काम गर्दा हामीलाई बजारको माग पूर्ति गर्न समय लाग्छ ।’

‘विश्वभर अहिले कण्डमको अभाव देखिएको छ, जुन डरलाग्दो छ,’ उनले भने, ‘यो अभाव दुई साता वा एक महिना मात्रै हुने देखिँदैन, महिनौं हुनसक्छ ।’ मलेसियामा अप्रिल १४ सम्म लकडाउन गरिएको छ । त्यहाँ हालसम्म २१ सय ६१ जना कोरोनाबाट संक्रमित छन् भने २६ को मृत्यु भइसकेको छ ।

द गार्जियनबाट

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ६ : ५३ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले