२०८३, १२ आश्विन मंगलबार

कोरोना उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई ‘फिवर क्लिनिक’ सञ्चालन गर्न १०-१० लाख

कोरोना उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई ‘फिवर क्लिनिक’ सञ्चालन गर्न १०-१० लाख


काठमाडौँ, १३ चैत: कोरोना भाइरसको उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई फिवर क्लिनिक सञ्चालन गर्न १०-१० रुपैयाँ पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले केन्द्र र प्रदेश तहमा तोकिएका २५ वटा हव अस्पताललाई १०-१० लाख रुपैयाँ पठाइएको जानकारी दिए । उनले सोही रकमबाट हव अस्पतालले आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गर्न भनेका छन् ।

सचिव कोइरालाले फिवर क्लिनिकमा जाँच गरेर कोरोनाको आशंका भएपछि मात्रै थप कोरोना भाइरस टेष्ट गरिने समेत बताए । उनले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक मास्क तथा औषधीहरुको व्यवस्था मिलाइएको र पीपीईको व्ववस्था समेत हुँदै गरेको दावी गरे ।

उनले अहिलेसम्म ७०० बढीको कोरोना परीक्षण भएको तर ३ जना बाहेकको पोजेटिभ नदेखिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ६ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय