२०८३, ७ कार्तिक शनिबार

भियतनामीसँगै यात्रा गरेकी नेपाली युवतीबाट नेपाल भित्रियो कोरोना भाइसर

भियतनामीसँगै यात्रा गरेकी नेपाली युवतीबाट नेपाल भित्रियो कोरोना भाइसर


काठमाडौं, १० चैत । फ्रान्सबाट कतारको दोहा ट्रान्जिसम्म भियतनामी साथीसँगै यात्रा गरी काठमाडौं आइपुगेकी १९ वर्षीया नेपाली युवतीबाट कोभिड १९, कोरोना भाइरस नेपाल भित्रिएको छ । ती युवती गत चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी थिइन् ।

उनको विमानस्थलको हेल्थ डेस्कमा उनको ज्वरो नापिएको थियो । कोरोना भाइरससँग मिल्ने स्तरको ज्वरो नभएपछि उनी घर पुगेकी थिइन् । ‘दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो ।’
साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् । अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् । आइतबार राति उनको रिपोर्ट पोजेटिभ आयो ।

भियतनामी साथीलाई जस्तै उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुले स्वास्थ्य मन्त्रालय र टेकु अस्पताललाई उनी कोरोना संक्रमित भएको जानकारी गराउँदा रातको साढे १० बजेको थियो । लगत्तै अस्पतालले उनलाई सम्पर्क गरी अस्पताल भर्ना गरेर उनलाई आइसोलेसन वार्डमा राखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागरराज भण्डारीका अनुसार उनका परिवार मेडिकल पृष्ठभूमिका भएका कारण सचेत थिए । संक्रमण फैलिएको देशबाट आएको हुनाले उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको पनि नमुना संकलन गर्ने तयारी भइरहेको छ ।

तर संक्रमित युवती नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले क–कसलाई भेटिन् भन्ने पहिचान भइसकेको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन् ‘होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहनुभएकाहरुलाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम अगाडि बढाइएको छ । सँगै आएका र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुबारे पनि खोजी गरी उपचारको दायराभित्र ल्याउने काम भइरहेको छ ।’

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ४ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना