२०८३, ७ कार्तिक शनिबार

काठमाडौंमा कोरोना संक्रमित युवतीले भेटिएकाको खोजी गरिंदै, सबैलाई क्वारेन्टाइनमा राख्छौंः मन्त्री ढकाल

काठमाडौंमा कोरोना संक्रमित युवतीले भेटिएकाको खोजी गरिंदै, सबैलाई क्वारेन्टाइनमा राख्छौंः मन्त्री ढकाल


काठमाडौं, १० चैत । फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न थालेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालिएको जनाएका छन् । सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै राखिसकिएको छ ।’ फ्रान्सबाट कतार हुँदै काठमाडौं आउने क्रममा उनी सवार जहाजका यात्रुको पनि खोजी भइरहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।

‘उक्त जहाजमा सवार अन्य यात्रुको अवस्थाबारे पनि खोजी गरिरहेका छौँ’, उनले भने, ‘अहिलेलाई उक्त जहाजबारे नखुलाऊँ, युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा लान्छौँ ।’ स्वास्थ्य मन्त्री ढकालकाअनुसार फ्रान्समा अध्ययन गर्दै गरेकी ती युवती काठमाडौंकै बासिन्दा भएकाले उनी बसेको क्षेत्रका मानिससँग सरकारद्वारा सोधखोज थालिएको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  २ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना