२०८३, १२ जेष्ठ बुधबार

नझुक्किनुस्, यो फोटो इटालीको होइन

नझुक्किनुस्, यो फोटो इटालीको होइन


काठमाण्डाै ९ चैतः  अहिले फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेका छन्। फोटोमा धेरै मान्छेहरु सडकमै ढलिरहेको देखिन्छ। इटालीमा यस्तो अवस्था देखिएको भन्दै मानिसहरुले यो फोटो सेयर गरिरहेका छन्। तर नझुक्किनु होला, यो फोटो इटालीको होइन। न यी मान्छेहरु कोरोना भाइरसकै कारण मरेका हुन्। के हो त यो फोटोको सत्य? आउनुस् हेरौँ।

यो फोटो इटालीको भन्दै अहिले सेयर भए पनि केही अघि भने यो फोटो चीनको वुहान सहरको भएको भन्दै फेसबुकमा भाइरल भएको थियो। अझ यो स्याटेलाइटबाट खिचेको फोटो भन्ने दावी गरिएको थियो।

यी सब गलत हुन्। वास्तवमा यो फोटो चीन र इटालीको नभएर जर्मनीको हो। अनि फोटो ६ वर्षअघिको हो। यसमा देखिएका मान्छेहरु मरेका हैनन्, जिउाँदा मानिसहरु हुन्। एउटा आर्ट प्रोजेक्टका लागि फ्रयाङ्कफर्ट सहरको सडकमा यसरी सुतेका हुन्।

Katzbach Nazi concentration camp मा मारिएका ५२८ जनाको स्मृतिमा यसरी मानिसहरु सडकमा सुतेका हुन्। यो फोटो रोयटर्सका Kai Pfaffenbach ले खिचेका हुन्। फोटोको ओरिजिनल लिङ्क यहाँ क्लिक गरी हेर्न सकिन्छ।

वास्तविक फोटो यो हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

मेराे संसार टडकमबाट

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ९ : ३१ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक